काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओली काभा वुमन्स नेसन्स लिगको फाइनल खेल हेर्न दशरथ रंगशाला जाने भएका छन् । उपाधिका लागि नेपाल र भारतबीच आज साँझ ५ बजे खेल हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा हुनेछ ।
उपाधिका लागि नेपाल र भारतबीच आज साँझ ५ बजे खेल हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा हुनेछ ।
लिग चरणमा इरानसँग बदला लिँदै नेपाल फाइनलसम्म आइपुगेको हो । भारतले श्रीलंकालाई हराएपछि फाइनलमा नेपाल–भारत आमने–सामने भएका हुन् । फाइनल खेल हेर्न प्रधानमन्त्री ओली त्रिपुरेश्वर जाने उनको सचिवालयले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया