श्रावण १, २०८२ बिहिबार July 17, 2025

काभा महिला भलिबलको उपाधि भारतले जित्यो

भारतले नेपाललाई ३–२ को सेटमा पराजित गर्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २३ साउन । भारतले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिग भलिबलको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको फाइनलमा भारतले नेपाललाई ३–२ को सेटमा पराजित गर्यो । खेलको पाँचौ तथा निर्णायक सेट १५–५ को जित निकाल्दै भारतले उपाधि जितेको हो ।

खेलको पहिलो सेट नेपालले जित्यो । करिब ३० मिनेट चलेक उक्त सेट नेपालले २५–२३ ले आफ्नो पक्षमा पार्‍यो । निकै प्रतिस्पर्धात्मक बनेको सेट २१–२३ को स्थितिलाई सुधार्दै नेपालले २३–२३ को बराबरीमा ल्यायो । त्यसपछि नेपालले लगतार दुई अङ्क बटुल्दै पहिलो सेट जित्न सफल भयो ।

खेलको दोस्रो सेट भने नेपालले गुमायो । करिब २१ मिनेट चलेको सेटमा भारतले नेपालविरुद्ध २५–१४ को जित निकाल्यो । खेलको तेस्रो सेटको सुरुआत राम्रो गरेको नेपालले सुरुमा ३–० को अग्रता लिएको थियो । प्रतिस्पर्धात्मक बनेको सेट नेपालले २५–२२ ले जित्यो । खेलको चौथो सेटमा भारतले खेलमा पुनरागमन गर्दै २५–२१ ले आफ्नो पक्षमा पार्‍यो ।

नेपालले यसअघि सन् २०१९ मा दक्षिण एसियाली खेलकुद सागमा भारतसँग बेष्ट अफ फाइभमा फाइनलमा हार बेहोरेको थियो ।

फाइनलमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह र उपप्रमुख सुनिता डङ्गोल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङलगायतको उपस्थिति थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कर्णाली प्रदेशसभाबाट ऐन संशोधन गर्न बनेको विधेयक सर्वसम्मत पारित
२०८२ श्रावण १, बिहिबार
माझीको भाषा, संस्कार र संस्कृति जोगाउन प्रशिक्षण
२०८२ श्रावण १, बिहिबार
आजको मौसम पूर्वानुमान : देशैभर मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना
२०८२ श्रावण १, बिहिबार
साउने (कर्कट) संक्रान्ति पर्व आज देशभर स्नान, दान गरेर मनाइँदै
२०८२ श्रावण १, बिहिबार
विदेशी मुद्राको लेनदेन आजदेखि नयाँ दरमा, डलरदेखि दिनारसम्म दर हेरफेर
२०८२ श्रावण १, बिहिबार
बिष्णु भगवानको दर्शन गर्दै थाहा पाउनुहोस् तपाईंको राशिफल
२०८२ श्रावण १, बिहिबार
चिकित्सा शिक्षा आयोगको २०औँ बैठक: पिसिएल नर्सिङको कोटा निर्धारण
२०८२ श्रावण १, बिहिबार