श्रावण ५, २०८२ सोमबार July 21, 2025

सेयर बजार १०८ अंकले बढ्यो, कारोबार रकम भने खुम्चियो

कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । बुधबार शेयर बजार १०८.३५ अंकले बढेको छ । तर कारोबार रकम भने खुम्चिएर १७ अर्ब ९५ करोड बढीको कारोबार भएको छ । अघिल्लो दिन (मंगलबार) शेयर बजार घट्दा पनि कारोबार रकमले भने ऐतिहासिक रेकर्ड तोडेको थियो ।

उक्त दिन पौने २४ अर्बको शेयर कारोबार भएको छ । बजार २७५९.६७ अंकमा अडिएको छ । आज नौ वटा कम्पनीको शेयर मूल्यमा सर्किट लागेको छ ।

शेयर बजारमा गिरावट आएको भन्दै आजै लगानीकर्ताका संघसंस्थाले बजारविरुद्ध अभिव्यक्ति दिने सांसदको विरुद्ध वक्तव्य नै जारी गरेका थिए ।

कारोबार रकममा हिमालयन रिइन्सुरेन्स अग्रस्थानमा छ । यसको १ अर्ब ५३ करोड बराबरको शेयर कारोबार भएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः नेपाल फाइनान्स र सानिमा माई हाइड्रोपावर परेका छन् । विगत एक महिनादेखि बढ्न थालेको बजारमा लगानीकर्ताहरू नाफा बुक गर्न तर्फ लागेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया