असार २८, २०८२ शनिबार July 12, 2025

पढ्दै तरकारी उत्पादन गर्दै कृष्ण भवन धर्म माविका विद्यार्थी

९ देखि १२ कक्षा सम्म अध्ययन गर्ने करिब ५० देखि ६० विद्यार्थीहरू नियमित रूपमा तरकारी उत्पादनमा सक्रिय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

म्याग्दी,साउन २५ गते । जलजला गाउँपालिका ७ धाइरिङ स्थित कृष्ण भवन धर्म माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई पढाइका साथै कृषि ज्ञान र सीप पनि दिन थालिएको छ । किताबी पढाइमा सीमित बनेका यहाँका विद्यार्थीले कृषिको प्रयोगात्मक र व्यावहारिक शिक्षा लिन थालेका हुन् । विद्यार्थीहरूले विद्यालयमा सिकेको ज्ञान र सीपलाई घरमा समेत प्रयोग गर्न थालेका छन् ।

सैद्धान्तिक पढाइका साथै विद्यार्थीहरूलाई कृषि सम्बन्धी व्यवहारिक सीप र ज्ञान प्रदान गर्न विद्यालयले प्लास्टिक टनेल भाडामा लिएर तरकारी उत्पादन गरेको विद्यालयका प्रधानाध्यापक  बालकृष्ण ज्ञवालीले बताउनुभयो ।

विद्यार्थीलाई श्रमको सम्मान तथा मेहनत गर्न सिकाउने र माटोसँग परिचित गराई कृषि उत्पादन सँग जोड्ने उद्देश्यले विद्यालयले कृषि सम्बन्धी प्रयोगात्मक सिकाइलाई जोड दिएको उहाँको भनाई छ ।

कृषि खेतीका बारेमा ज्ञान र सीप आर्जनका लागि विद्यालयमा अध्ययन गर्ने  ११ जना विद्यार्थीहरूले उद्यम क्लब गठन गरेका छन् । क्लबमा आबद्ध भएका सहित ९ देखि १२ कक्षा सम्म अध्ययन गर्ने करिब ५० देखि ६० विद्यार्थीहरू नियमित रूपमा तरकारी उत्पादनमा सक्रिय भएको उहाँले बताउनुभयो ।

प्लास्टिकको घर भित्र यतिखेर लटरम्म सिमी फलेका छन् विद्यालयका प्रअ ज्ञवालीले भन्नुभयो, ‘‘ सिमी फलेपछि विद्यार्थीहरू खुसी भएका छन् । कृषि सम्बन्धी ज्ञान र सीप सिक्न विद्यार्थीहरूले चासो देखाउने गरेका छन् । तरकारीवारिमा काम गर्ने भनेपछि उत्साहित हुँदै पुग्ने गर्दछन् । विद्यार्थी सँगै शिक्षक पनि पुगेर विद्यार्थीलाई सिकाउने गर्नुहुन्छ ।’’ यसले कृषि खेती तर्फ विद्यार्थीहरूलाई उत्प्रेरित गरेको उहाँ बताउनुहुन्छ ।

विद्यार्थीहरूलाई पढाइका साथै कृषि सम्बन्धी व्यवहारिक ज्ञान र सीप प्रदान गर्न प्रभावकारी देखिएको उहाँले बताउनुभयो । विद्यार्थीहरूले उत्पादन गरेको तरकारी बिक्री गरेको रकम विद्यालय मातहत रहेको उद्यम कोषमा जम्मा गरिने प्रअ ज्ञवालीको भनाई छ । विद्यालयबाट विद्यार्थीलाई आवश्यक पर्ने कृषि औजारदेखि बिउ बिजन सबै उपलब्ध गराउने गरिएको छ ।

प्रयोगात्मक अभ्यासबाट विद्यार्थीमा सीप विकास गर्नु हाम्रो उद्देश्य हो विद्यालयका शिक्षक रोहित आचार्यले भन्नुभयो, “यसबाट व्यावहारिक सिकाइ हासिल हुन्छ । विद्यार्थीहरूलाई कृषि पेसाप्रति सकारात्मक विचारको विकास गराउन सहयोग पुग्छ ।”

कृषि खेतीको सीप सिक्न पाउँदा विद्यार्थी पनि खुसी छन् । विद्यालयमा आर्जन गरेको ज्ञान, सीपलाई उनीहरूले घरमा प्रयाग गर्न थालेको शिक्षक आचार्यले बताउनुभयो ।

सिजन अनुसार आलु,गोलभेँडा,बोडी र सिमी जस्ता तरकारी बाली लगाउने गरिएको उहाँको भनाई छ । तरकारी लगाउनेदेखि पानी हाल्ने, गोडमेल, रेखदेख गर्ने आदि सबै काम विद्यार्थी आफैले गर्दछन् ।

कक्षा १२ मा अध्ययन गर्ने आरती आचार्यले भन्नुभयो, “हाम्रो मुख्य पेसा पनि कृषि हो । विद्यालयमा पढाइका साथै कृषि सम्बन्धी ज्ञान र सीप सिक्न पाउँदा खुसी छौँ । विद्यालयमा सिकेको सीपलाई घरमा पनि लागू गरेका छौँ ।’’ गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार