काठमाडौँ । तेस्रो संस्करणको टुसाल विद्यालय स्तरीय पौडी प्रतियोगिताको आयोजना आगामी भदौमा हुने भएको छ ।
टुसाल मल्टिभेन्यु प्रालिद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आगामी भदौ ७ गतेदेखि सुरु हुने जानकारी दिइयो । उक्त प्रतियोगिता तार्केश्वर–८ स्थित टुसाल मल्टिभेन्युको स्विमिङ पुलमा हुने मल्टिभेन्युका महाप्रबन्धक प्रवीनमान सिंह बस्नेतले बताउनुभयो ।
प्रतियोगिता २५ मिटरको फ्री फस्टाइलो विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा जुनियर ब्वाइज, जुनियर गल्र्स र सिनियर ब्वाइज र सिनियर गल्र्स गरी चारवटा विधामा प्रतिस्पर्धा गराइनेछ ।
विजयी खेलाडीलाई ट्रफी, मेडल तथा अन्य पुरस्कारहरुले सम्मान गरिने छ । प्रतियोगितामा झण्डै एक सय खेलाडीको सहभागिता रहने आयोजकले अपेक्षा राखेको छ ।
हालसम्म २० वटा विद्यालयले सहभागिताका लागि नाम दर्ता गरिसकेको र यसपटक सरकारी विद्यालयका विद्यार्थीले निःशुल्क सहभागिता गर्ने बताइएको छ ।
प्रतियोगिताको प्राविधिक र निर्णायकको जिम्मेवारी विष्णु खड्कालगायत ११ जनाको टोलीले जिम्मा लिनेछन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया