मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाइटेडको विजयी सुरुवात

ओल्ड ट्राफोर्डमा गएराति युनाइटेड, फुलहमसँग पहिलो हाफमा गोलरहित बराबरीमा रोकिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः जोसुवा जिरेक्सीले डेब्यु खेलमै गोल गरेपछि म्यानचेस्टर युनाइटेडले इङलिस प्रिमियर लिगमा विजयी सुरुवात गरेको छ ।

सिजनको पहिलो खेलमा युनाइटेडले फुलहम माथि १-० गोलको जित हात पारेको हो ।

ओल्ड ट्राफोर्डमा गएराति युनाइटेड, फुलहमसँग पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको थियो । फुलहमका केन्नी टेटले सशक्त प्रहार गर्दै युनाइटेड गोलकिपर आन्द्रे ओनानाको परीक्षण गरेका थिए ।

त्यसपछि फुलहमका गोलकिपरले युनाइटेडका तीन प्रयासको उत्कृष्ट बचाउ गरे । बुर्नो फर्नान्डेजको प्रहारमा दुई पटक बाधक बनेका बन्ड लेनोले मेसोन माउन्टलाई पनि सफल हुन दिएनन् ।

६१ औं मिनेटमा एरिक टेन हाखले जोसुवालाई, अलेहान्द्रो गारान्चोसँगै मैदान प्रवेश गराए । दुवै टिमका लागि सुपर सब साबित भए । ब्रेक थ्रु का लागि संघर्ष गरिरहेको युनाइटेडले ८७ औं मिनेटमा अग्रता लियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भारत भ्रमण स्वीकृत गर्दै मन्त्रिपरिषद् बैठकले गर्यो सात महत्त्वपूर्ण निर्णय
२०८३ मंग्सिर ४, शुक्रबार
जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ
२०८३ मंग्सिर ४, शुक्रबार
नेपाल-नर्वे जलवायु सहकार्य सुदृढ बनाउनबारे छलफल
२०८३ मंग्सिर ४, शुक्रबार
इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी
२०८३ मंग्सिर ४, शुक्रबार
राप्रपा महाधिवेशनमा अध्यक्षका लागि ज्ञानेन्द्र शाही पनि मैदानमा
२०८३ मंग्सिर ४, शुक्रबार
हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ
२०८३ मंग्सिर ४, शुक्रबार
चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
२०८३ मंग्सिर ४, शुक्रबार