असार ३२, २०८२ बुधबार July 16, 2025

साउदी सुपर कपको उपाधि अल हिलालले जित्यो

अल नासरलाई हराउदै अल हिलालले जित्यो साउदी सुपर कपको उपाधि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। अल हिलालले साउदी सुपर कपको उपाधि जितेको छ।

गएराति सम्पन्न फाइनल खेलमा अल हिलालले अल नासरलाई ४-१ गोल अन्तरले पराजित गर्दै साउदी सुपर कपको उपाधि जितेको हो।

पहिलो हाफमा १-० ले पछि रहेको अल हिलालले दोस्रो हाफमा शानदार कम ब्याक गर्दै ४ गोल गरेको थियो।

अल हिलालको जितमा अलेक्सान्दर मिट्रोभिकले २ गोल गरेका थिए भने सेर्गेज मिलिन्कोभिक साभिक र माल्कमले एक एक गोल गरेका थिए । त्यस्तै अल नासरका लागि एक गोल क्रिस्टियानो रोनाल्डोले गरेका थिए।

योसँगै अल हिलालले अहिलेसम्म पाँच पटक साउदी सुपर लिगको उपाधि जितेको छ । त्यस्तै अल नासरले भने यो उपाधि २ पटक जितेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया