असार २३, २०८२ सोमबार July 7, 2025

बाँके जङ्गलमा हाइस पल्टिँदा ६ जना यात्रु घाइते – चालक प्रहरी नियन्त्रणमा

घाइतेमध्ये पाँच जना मोडेल अस्पताल लालबन्दीमा उपचारपछि डिस्चार्ज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, भदौ ३ गते । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बाँके जङ्गलमा सोमबार बिहान इलेक्ट्रिक हाइस पल्टिँदा ६ जना यात्रु घाइते भएका छन् ।

काठमाडौँबाट सर्लाहीको गोडैतातर्फ आउँदै गरेको बागमती प्रदेश ०६–००१ ज ००६६ नम्बरको हायस अनियन्त्रित भई बाँके जङ्गलस्थित अमुवा पुल नजिकै दुर्घटनामा परेको हो ।

हायस दाहिने साइडमा गएर पल्टँदा गाडीमा सवार यात्रु गोडैता नगरपालिका–९, बकैनियाका २७ वर्षीय सरोजकुमार चौधरी, २४ वर्षीय सुशील कुमार चौधरी, २३ वर्षीय चुनचुन महतो, २६ वर्षीय रामजी पासवान, १९ वर्षीय सुमन महतो र गोडैता नगरपालिका–२, जयनगरका २७ वर्षीय नवीन महतो घाइते भएका प्रहरीले जनाएको छ ।

घाइतेमध्ये पाँच जना मोडेल अस्पताल लालबन्दीमा उपचारपछि डिस्चार्ज भइसकेका र छाती र बाँखा खुट्टामा चोट लागेर घाइते गोडैता नगरपालिका–२, जयपुरका २७ वर्षीय सरोजकुमार चौधरीको लालबन्दीमा नै उपचार चलिरहेको इलाका प्रहरी कार्यालय केशरगन्जका प्रहरी नायब उपरीक्षक (डिएसपी) मानप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

दुर्घटनापछि हाइस चालक प्रहरी नियन्त्रणमा रहेका छन् । हायस घटनास्थलबाट प्रहरी चौकी फूलजोरमा ल्याइ राखिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार