कार्तिक १४, २०८२ शुक्रबार October 31, 2025

साफ यु-२० च्याम्पियनसिप : बंगलादेशलाई २-१ गोलले हराँउदै नेपाल सेमिफाइनलमा

तीन अंक जोडेको बंगलादेश पनि समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं। घरेलु टोली नेपाल समूह विजेता बन्दै साफ यु–२० च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ।

समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई २–१ को गोल अन्तरले पराजित गरेको हो। एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलमा नेपालका लागि समीर तामाङ र निराजन धामीले गोल गरे । बंगलादेशका मिराजुल इस्लामले एक गोल फर्काए।

खेलको १७ औं मिनेटमै नेपालले सुरुआती अग्रता लियो । नेपालका कप्तान कुशल देउवाले पेनाल्टी बक्सबाट क्लियर गरेको बललाई बंगलादेशका गोलकिपरले रोक्न खोज्दा समीर तामाङले गोल गरेका थिए। त्यस्तै खेलको १९ औं मिनेटमा निराजन धामीले गोल गरे। पहिलो हाफको ४२ औं मिनेटमा मिराजुल इस्लामले बंगलादेशका लागि गोल गरेका थिए।

तीन अंक जोडेको बंगलादेश पनि समूह उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरिसकेको छ। अब शुक्रबार हुने समूह बी को अन्तिम खेलबाट नेपाल र बंगलादेशको सेमिफाइनल प्रतिद्धन्दी तय हुने छ।

६ राष्ट्र सम्मिलित प्रतियोगितामा नेपाल समूह ए मा छ । समूह ए मा नेपाल सहित बंगलादेश र श्रीलंका रहेका छन् । समुह बी मा भारत, माल्दिभ्स र भुटान रहेका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
क्यान्सर अस्पतालमा शय्या पाउनै मुस्किल
२०८२ कार्तिक १४, शुक्रबार
राष्ट्रपति पौडेल कात्तिक १७ गते कतार भ्रमणमा जाँदै
२०८२ कार्तिक १४, शुक्रबार
नेपाल वायु सेवा निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गरिने
२०८२ कार्तिक १४, शुक्रबार
नेपाली सेनाद्वारा मुस्ताङको हिमपात प्रभावित क्षेत्रबाट १५ जना पर्यटकको उद्धार
२०८२ कार्तिक १४, शुक्रबार
गण्डकी प्रदेशमा यसै वर्ष शतप्रतिशत विद्युत् पहुँच पुग्ने मुख्यमन्त्रीको दाबी
२०८२ कार्तिक १४, शुक्रबार
स्वास्थ्य प्रणाली सुधारका लागि स्वास्थ्यमन्त्रीलाई चिकित्सक सङ्घद्वारा सुझाव पेस
२०८२ कार्तिक १४, शुक्रबार
लाङ्टाङ तथा गोसाइँकुण्ड क्षेत्रमा हिमपातः पर्यटक उत्साहित
२०८२ कार्तिक १४, शुक्रबार