असार ३२, २०८२ बुधबार July 16, 2025

साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलको समीकरण पुरा

प्रतियोगिताको फाइनल खेल बुधबार हुने तालिका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलको समीकरण पुरा भएको छ । शुक्रबार सम्पन्न समुह चरणका खेल सकिएपछि सेमिफाइनलको समीकरण पुरा भएको हो ।

समुह चरणको अन्तिम खेलमा आज समुह बी मा भारतले माल्दिभ्सलाई १-० गोल अन्तरले पराजित गरेको छ ।

यो जितपछि भारत समुह बिजेता हुदै सेमिफाइनलमा पुगेको छ भने भुटान उपविजेता हुदै सेमिफाइनलमा पुगेको छ । त्यस्तै श्रीलंका र माल्दिभ्स भने प्रतियोगिताबाट बाहिरिएका छन् ।

अब सेमिफाइनलमा नेपालले भुटानको सामना गर्ने छ र यो खेल आइतबार हुने छ । त्यस्तै अर्को सेमिफाइनलमा भारत र बंगलादेश खेल्ने छन् । दोस्रो सेमिफाइनल सोमबार हुने छ ।

प्रतियोगिताको फाइनल खेल बुधबार हुने तालिका रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया