असार १५, २०८३ सोमबार June 29, 2026

प्रधानमन्त्रीले बालुवाटारमा शुरु गरे मन्त्रीहरुसँग परामर्श

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डाैंः प्रधानमन्त्री केपी शर्मा ओली र विभिन्न मन्त्रालयका मन्त्रीहरु बिच छलफल शुरु भएको छ ।

शनिवार साँझ सवा सात बजेदेखी प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा  विभिन्न मन्त्रालयका मन्त्री र राज्यमन्त्रीहरु बीच छलफल शुरु भएको हो ।

छलफलमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, स्वास्थमन्त्री भानुभक्त ढकाल, बनमन्त्री शक्ति बस्नेत, कानुनीमन्त्री डा शिबमाया तुमहाम्फे, उद्योगमन्त्री लेखराज भट्ट, परास्ट्र्मन्त्री प्रदीप ज्ञवालि, अर्थ तथा सञ्चारमन्त्री डा. युबराज खतिवडा, शहरी विकास राज्यमन्त्री रामबीर मान्धर, आपूर्तीराज्यमन्त्री मोतिलाल डुगड लगाएत डेढ दर्जन मन्त्रीहरुको सहभागिता रहेको छ ।

पार्टीभित्र संकट गहिरिँदै जाँदा प्रधानमन्त्री राष्ट्रपतिलाई भेटेर मन्त्री र राज्यमन्त्रीसँग छलफलमा जुट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । यद्यपि छलफलको विषय भने अहिलेसम्म सार्वजनिक भएको छैन । गत आइतबार प्रधानमन्त्रीले दिएको विवादास्पद अभिव्यक्तिपछि नेकपाभित्र विवाद चर्किदै गएको छ ।

प्रधानमन्त्रीमाथि पद छाड्न दवाव परेपछि पार्टी विभाजनउन्मुख भएको नेकपा नेताहरु बताउँछन् । विवाद समाधान उन्मुख नभएपछि सहमतिको प्रयासस्वरुप आज तय स्थायी समिति बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अफगानिस्तानमा पाकिस्तानी आक्रमण
२०८३ असार १५, सोमबार
पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन
२०८३ असार १५, सोमबार
धानखेतीलाई आधुनिक, व्यावसायिक तथा जलवायुमैत्री बनाउनुपर्नेमा मुख्यमन्त्री आचार्यको जोड
२०८३ असार १५, सोमबार
जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यक : राष्ट्रपति
२०८३ असार १५, सोमबार
ढिलो मनसुनपछि लुम्बिनीमा धान रोपाइँले लियो गति, २०.५ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न
२०८३ असार १५, सोमबार
८९ अङ्कसहित भरतपुर अस्पताल उत्कृष्ट
२०८३ असार १५, सोमबार
राष्ट्रियसभा बैठक बस्दै
२०८३ असार १५, सोमबार