असार २३, २०८२ सोमबार July 7, 2025

सेती नदी कटानले अन्त्यकर्मका लागि सतीघाट पुग्न समस्या

नदीको कटानका कारण बाटो नै भत्कँदा त्यहाँबाट आवतजावत पूर्ण रुपमा अवरुद्ध

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

गण्डकी,  भदौ ९ गते ।  सेती नदीको कटानका कारण पोखरा महानगरपालिका–३२ स्थित सतीघाटमा बाटो भत्कँदा समस्या भएको छ ।

परापूर्वकालदेखि तल्लो गगनगौडा, लामेआहाल, कालिकानगर, मजुुवा र आसपासका व्यक्तिको अन्तिम संस्कार गरिने घाटमा पुग्ने  बाटो सेती नदीको कटानसँगै भत्केपछि समस्या भएको हो ।

घाटसम्मको बाटोलाई विगत दुुई वर्षयता लगातार रुपमा बजेट विनियोजनगरी ढलान गरिएको भए पनि नदीको कटानका कारण बाटो नै भत्कँदा त्यहाँबाट आवतजावत पूर्ण रुपमा अवरुद्ध भएको पोखरा महानगरपालिकाका वडाध्यक्ष अक्कलबहादुुर कार्कीले बताउनुुभयो ।

“घाटसम्मको बाटो ढलानका लागि यसअघिका दुुई आर्थिक वर्षमा क्रमशः १५ लाख र २३ लाख रुपैयाँ बजेट विनियोजन भई काम भएको थियो”, उहाँले भन्नुुभयो, “नदी कटानले बाटोको धेरै भाग भत्किएको छ ।” वडामा बाढी नियन्त्रणका लागि रु ७० लाख  बजेट विनियोजन भए पनि उक्त रकमले त्यहाँको समस्या समाधान गर्न असम्भव भएको बताउँदै उहाँले घाटसम्मको आवतजावत सहज बनाउन धेरै रकम चाहिने जानकारी दिनुुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार