असार ३२, २०८२ बुधबार July 16, 2025

सेल्फी खिचेको कारण कारवाहीमा परे ओलम्पिक खेल्ने उत्तर कोरियाका खेलाडी

फोटो खिच्ने क्रममा उत्तर कोरियाली खेलाडीको मुस्कुराउने व्यवहारले त्यहाँका अधिकारीहरूलाई विशेष समस्यामा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । पेरिस ओलम्पिकमा दक्षिण कोरियाली टेबलटेनिस खेलाडीसँग फोटो खिचाउने दुई उत्तर कोरियाली खेलाडीले स्वदेश फर्केपछि नैतिकताको जाँचको सामना गर्नु परेको छ ।

मिडिया रिपोर्टका अनुसार टेबलटेनिसको मिश्रित प्रतियोगितामा रजत पदक जितेका खेलाडी रि जोङ सिक र किम कुम योङले पदक समारोहपछि चीन र दक्षिण कोरियाका खेलाडीसँग सेल्फी खिचेका थिए ।

उत्तर कोरियाको तर्फबाट उनीहरुलाई पेरिस ओलम्पिकमा छिमेकी देश दक्षिण कोरियाका खेलाडीसँग अन्तरक्रिया नगर्न निर्देशन दिइएको थियो ।

दक्षिण कोरियाली मिडियाका अनुसार फोटो खिच्ने क्रममा उत्तर कोरियाली खेलाडीको मुस्कुराउने व्यवहारले त्यहाँका अधिकारीहरूलाई विशेष समस्यामा पारेको थियो ।

गैर-कम्युनिष्ट देशहरूबाट फर्केपछि उत्तर कोरियालीहरूले नैतिक जाँचको सामना गर्नु सामान्य कुरा भएको रिपोर्टमा उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया