असार ३२, २०८२ बुधबार July 16, 2025

इङ्लिस प्रिमियर लिग : लिभरपुल र चेल्सी विजयी

लिगमा लगातार दोस्रो जित निकालेको लिभरपुल ६ अङ्क बनाउँदै चौथो स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, भदौ १० गते । लिभरपुल र चेल्सीले इङ्लिस प्रिमियर लिग फुटबलमा जित निकालेका छन् । घरेलु मैदानमा आइतबार राति भएको खेलमा लिभरपुलले ब्रेन्टफोर्डलाई २–० गोलले हरायो । अर्को खेलमा चेल्सीले वल्भ्सलाई उसैको मैदानमा ६–२ गोलले हरायो ।

लिभरपुलको जितमा लुइस डियाजले १३औँ र मोहम्मद सलाहले ७०औँ मिनेटमा गोल गर्नुभयो । लिगमा लगातार दोस्रो जित निकालेको लिभरपुल ६ अङ्क बनाउँदै चौथो स्थानमा छ । पहिलो हार खेपेको ब्रेन्टफोर्डको तीन अङ्क छ ।

यस्तै चेल्सीको जितमा नोनी माडुकेले ह्याट्रिक गर्नुभयो । निकोलस ज्याकसन, कोल पाल्मर र जोआओ फेलिसक्सले एक गोल थप्नुभयो। वल्भ्सका लागि म्याथियस कुन्हा र योर्गेन लार्सनले एक एक गोल फर्काउनुभयो । अर्को खेलमा बर्नमाउथ न्युक्यासल युनाइटेडले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया