असार ३२, २०८२ बुधबार July 16, 2025

इटालियन सिरी ए मा युभेन्टसको लागातर दोस्रो जित

यो जितपछि युभेन्टसको २ खेलमा ६ अंक

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, ११ भदौ । इटालियन सिरी ए अन्तर्गत युभेन्टसले लगातार दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा युभेन्टसले भेरोनालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

युभेन्टसको जितमा दुसान भ्लाहोलिकले २ गोल गरेका थिए भने निकोलोसाभोनाले एक गोल गरेका थिए ।

नयाँ सिजनमा युभेन्टसले लागातार दोस्रो जित हासिल गर्दै उत्कृष्ट शुरुवात गरेको छ । यो जितपछि युभेन्टसको २ खेलमा ६ अंक भएको छ । त्यसैगरी भेरोनाको भने २ खेलमा एक अंक रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया