श्रावण ३, २०८२ शनिबार July 19, 2025

चालु आवको पहिलो महिनामै राजस्व सङ्कलनमा कमी

विश्वव्यापी आर्थिक मन्दीका बाबजुद हेटौँडा उपमहानगरले आव २०८०/८१ मा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न सफल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बागमती, १२ भदौः मकवानपुरको हेटौँडा उपमहानगपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो एक महिनामा रु चार करोड ५० लाख १४ हजार राजस्व सङ्कलन गरेको छ ।

उपमहानगरपालिकाका राजस्व शाखाका प्रमुख मनोज सुवेदीका अनुसार गत साउनमा उपमहानगपालिकाले सम्पत्ति करबाट रु एक करोड ४४ लाख ८५ हजार, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट रु एक करोड १८ लाख ७५ हजार, घरबहाल करबाट रु ५० लाख ६५ हजार, सिफारिस दस्तुरबाट रु ३३ लाख ४० हजार, बहाल बिटोरी करबाट रु १८ लाख ७८ हजार, व्यवसाय करबाट रु ४१ लाख २१ हजार र प्रशासकनिक दण्ड जरिवाना र जफतबाट रु पाँच लाख ९६ हजार राजस्व सङ्कलन भएको छ ।

यो अघिल्लो आव २०८०/८१ को साउनको तुलनामा रु २५ लाख ६२ हजार कम राजस्व सङ्कलन भएको हो । आव २०८०/८१ को साउनमा उपमहानगरपालिकाले रु चार करोड ७५ लाख ७६ हजार राजस्व सङ्कलन गरेको थियो । चालु आव २०८१/८२ को पहिलो महिनामा व्यवसायीले कर वृद्धिको विरोधमा गरेको आन्दोलन, कबाडी सङ्कलन तथा बिक्री कर लगाउन नसक्नुजस्ता कारण अघिल्लो आवको तुलनामा चालु आवको पहिलो महिनामा कम राजस्व सङ्कलन भएको प्रमुख सुवेदीले बताउनुभयो ।

यस्तै विश्वव्यापी आर्थिक मन्दीका बाबजुद हेटौँडा उपमहानगरले आव २०८०/८१ मा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको छ । उपमहानगरले आव २०८०/८१ मा रु ३० करोड ९४ लाख पाँच हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएकामा विभिन्न शीर्षकमा रु ३४ करोड सात लाख ६४ हजार छ सय ४० राजस्व सङ्कलन गरेको छ ।

उपमहानगरपालिकाले आव २०८०/८१ मा एकीकृत सम्पत्ति करबाट रु सात करोड ३० लाख २८ हजार, घरबहाल करबाट रु छ करोड एक लाख ६८ हजार, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट रु पाँच करोड २३ लाख नौ हजार, बहाल बिटोरी करबाट रु दुई करोड ४९ लाख ७४ हजार, सिफारिस दस्तुरबाट रु तीन करोड ४१ लाख ९६ हजार, व्यवसाय रजिष्ट्रेशन दस्तुरबाट रु दुई करोड ३२ लाख ३१ हजार, नक्सापास दस्तुरबाट रु एक करोड छ लाख ३० हजार, सरकारी सम्पत्ति बहालबाट रु पाँच लाख ८६ हजार, ढुङ्गागिट्टी बालुवा बिक्रीबाट रु ८० लाख र प्रशासनिक दण्ड जरिवानावापत रु ८६ लाख ७३ हजार राजस्व सङ्कलन भएको राजस्व शाखा प्रमुख सुवेदीले बताउनुभयो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
झापामा एक वर्षमा एक हजार २९६ सवारी दुर्घटना, ९५ जनाको मृत्यु
२०८२ श्रावण ३, शनिबार
राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त
२०८२ श्रावण ३, शनिबार
भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल
२०८२ श्रावण २, शुक्रबार
टी-२० विश्वकप छनोट : दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० खेलाडीको नाम घोषणा
२०८२ श्रावण २, शुक्रबार
गगन थापा भन्छन् : संघीयता कार्यान्वयनको निर्मम समीक्षा गर्नुपर्छ
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, राजनीतिमा फर्किनु गम्भीर विषय : ओली
२०८२ श्रावण २, शुक्रबार
सङ्घीयता बचाउनु तीनै दलको साझा दायित्व हो : उपसभापति खड्का
२०८२ श्रावण २, शुक्रबार