असार ३१, २०८२ मंगलबार July 15, 2025

मेरो क्यारियरको अन्त्य अल नासरमै हुनेछ : रोनाल्डो

आफु अल नासरमा खुशी रहेको बताउदै साउदी लिग र देश दुवैमा आफु खुशीसाथ बसिरहेको प्रतिक्रिया

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । सुपरस्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले आफुले अल नासरबाटै सन्यास लिने बताएका छन् ।

३९ बर्षिय रोनाल्डोले पोर्चुगलको च्यानलसँग कुरा गर्दैआफुले केहि बर्षमा सन्यास लिने बताउदै रोनाल्डोले सम्भवत आफ्नो अन्तिम क्लब अल नासरनै हुने बताएका छन् ।

रोनाल्डोले आफु अल नासरमा खुशी रहेको बताउदै साउदी लिग र देश दुवैमा आफु खुशीसाथ बसिरहेको प्रतिक्रिया दिएका छन् ।

रोनाल्डोले भनेका छन्- ‘मलाई थाहा छैन मैले कहिले सन्यास लिन्छु । त्यो छिट्टै, दुई-तीन बर्षपछि पनि हुन सक्छ । तर यो अल नासरमै हुनसक्छ । यो टिमसँग म अहिले खुशी छु । म लिग र देश दुवैसँग अहिले खुशी छु । त्यसैले मैले मेरो क्यारियर अल नासरमै अन्त्य गर्नेछु ।’

साथै रोनाल्डोले आफु भविष्यमा कुनै फुटबल टिमको प्रशिक्षक बन्ने कुरालाई अस्वीकार गरेका छन् । रोनाल्डो कुनै पनि फुटबल टिमलाई व्यवस्थापन गर्ने विषय जटिल विषय भएकोले आफुले अहिलेसम्म यस बारेमा नसोचेको बताएका छन् । उनले भनेका छन्- मेरो दिमागमा, म कुनै फुटबल टिमको मुख्य प्रशिक्षक बन्ने कुरा नै छैन ।’

साथै रोनाल्डोले आफुले भविष्यमा फुटबल भन्दा बाहिर नै केहि गर्ने बताएका छन् ।

२०२३ को जनवरीमा साउदी प्रो लिग क्लब अल नासरमा आएका रोनाल्डोले अहिलेसम्म कुनै ट्रफी नजितेपनि आफ्नो खेलबाट प्रभावित भने पारिरहेका छन् ।  उनले अल नासरका लागि अहिलेसम्म ६७ खेल खेल्दै ६१ गोल गरेका छन् भने १६ गोल असिस्ट गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्र मन्त्रालयको पुनसंरचना, कूटनीतिक सक्रियता र उच्चस्तरीय भेटवार्ता
२०८२ असार ३१, मंगलबार
सुदूरपश्चिम विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोड बजेट स्वीकृत
२०८२ असार ३१, मंगलबार
मुस्ताङको कोराला नाका पूर्ण सञ्चालनमा ल्याइनेछ : प्रधानमन्त्री
२०८२ असार ३१, मंगलबार
एकै आर्थिक वर्षमा सबै जिल्ला पूर्णखोप घोषणा
२०८२ असार ३१, मंगलबार
घुस प्रकरणमा मुछिएका मन्त्री गुप्ताले अन्ततः दिए राजीनामा
२०८२ असार ३१, मंगलबार
सुनको मुल्य स्थिर – चाँदीको मुल्य घट्यो
२०८२ असार ३१, मंगलबार
शिक्षा क्षेत्रमा सहकार्य गर्न भारतका दुई विश्वविद्यालयसँग सम्झौता
२०८२ असार ३१, मंगलबार