असार ३१, २०८२ मंगलबार July 15, 2025

अमेरिकामा सुरु भयो इन्ट्रा कप फुटबल

१६ वर्षमुनिका किशोरकिशोरीहरूका बीचमा छुट्टै प्रतिस्पर्धा हु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकाको ओहायो राज्यको एक्रोन सहरस्थित कोप्ले सकर कम्प्लेक्समा नेपाली मूलका युवायुवतीहरूबीच इन्ट्रा कप-२०२४ फुटबल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ।

अमेरिकाभरिका नेपाली खेलाडीहरूको सहभागितामा यो प्रतियोगिता सुरू गरिएको हो। पुरुषतर्फ ३० वर्षमुनिका युवा, ३० देखि ३९ वर्षसम्मका मिड-एज खेलाडी, र ४० वर्षभन्दा माथिका भेट्रान्स गरी तीन समूहमा खेलहरू विभाजित छन्।

महिलाहरूका लागि अन्तरराज्यीय स्तरीय प्रतियोगिता पनि तय गरिएको छ, भने १६ वर्षमुनिका किशोरकिशोरीहरूका बीचमा छुट्टै प्रतिस्पर्धा हुनेछ।

पीसजोन क्लबको सहकार्यमा इन्ट्रा-नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले आयोजना गरेको यो प्रतियोगितामा युवा, भेट्रान्स, र किशोरकिशोरीतर्फ गरी ६३ टिम दर्ता भएका छन्।

प्रतियोगितामा करिब १४ सय खेलाडीहरूको सहभागिता रहेको छ। इन्ट्रा फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले खेल मैदानमा फुटबल पास गरेर प्रतियोगिताको औपचारिक उद्घाटन गरे।

उनले अमेरिकामा रहेका नेपालीभाषी खेलप्रेमीहरूलाई एकत्रित गर्दै आपसी भाइचाराको अभिवृद्धि र अनुशासित प्रतिस्पर्धात्मकताको विकास गर्नु यस प्रतियोगिताको उद्देश्य भएको बताए।

साथै, नेपाली जातीय पहिचान र एकता कायम राख्दै अगाडि बढ्न यो प्रतियोगिता प्रेरणादायक हुने उनको भनाइ थियो।

आयोजनास्थलका संयोजक चन्द्र पराजुलीका अनुसार, यो प्रतियोगितामा अमेरिका र क्यानडाका गरी ३४ टिमले भाग लिएका छन्। ३० वर्षमुनिका समूहमा पथरी एफसी, चुजन एफसी, जुनियर योंग गाईज इलेभेन, सांग्रिला यूथ एफसी लगायतका टिमहरूले प्रतिस्पर्धा गरिरहेका छन्।

४० वर्षमुनिको मिड-एज समूहमा राजाबाबु एफसी, युनाइटेड ब्रदर्श, ह्यारिसवर्ग भेटान्स, हिमालयन हक्सजस्ता टिमहरूले भाग लिएका छन्।

४० वर्षभन्दा माथिका भेट्रान्स समूहमा कोलम्बस भेटान्स, एनवाई इन्टा एफसी, पिट्सवर्ग भेटान्स लगायतका टिमहरू प्रतिस्पर्धा गर्दैछन्। महिलातर्फ पिसजोन एकेडेमी गल्र्स, माउन्टेनियर्स एफसी, नर्थ डकोटा साइनिंग स्टार र योद्धा एफसीबीच प्रतिस्पर्धा हुनेछ।

फाउण्डेसनले नेपाली मूलका समुदायको सर्वाङ्गीण विकासका लागि विभिन्न कार्यक्रमहरू गर्दै आएको जानकारी दिँदै, आयोजक संस्थाले सेप्टेम्बर १३ देखि १५ सम्म पेन्सिलभेनियाको ह्यारिसवर्गमा बृहत् भलिबल प्रतियोगिता आयोजना गरिने जानकारी पनि दिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
संसद् बैठक एक साताका लागि स्थगित
२०८२ असार ३१, मंगलबार
एमालेको ‘सदस्यता नवीकरण पूर्वअनिवार्य रूपमा परीक्षा दिनुपर्ने’
२०८२ असार ३१, मंगलबार
आगामी १० वर्षमा २८,५०० मेगावाट विद्युत उत्पादन गरिनेछः ऊर्जा मन्त्री खड्का
२०८२ असार ३१, मंगलबार
नेपालमा लगानीका लागि सुरक्षित र विश्वसनीय वातावरण आवश्यकः सभापति देउवा
२०८२ असार ३१, मंगलबार
भरतपुर अस्पतालमा राष्ट्रिय मानसिक स्वास्थ्य केन्द्र स्थापना गरिने
२०८२ असार ३१, मंगलबार
‘ग्रास रुट’ अभियानले कार्यकर्तासँगको सम्बन्ध सुधार गरेको एमालेको निष्कर्ष
२०८२ असार ३१, मंगलबार
राष्ट्रियसभा : समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
२०८२ असार ३१, मंगलबार