काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मुल्य बढेको छ।
विहिबार सुन तोलाको एक लाख ५२ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि सोमबार, मंगलबार र बुधबार पनि सुनको मुल्य १ लाख ५२ हजार मै कारोबार भएको थियो।
त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ। आज चाँदी तोलाको १० रुपैयाँले बढेर १७६५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया