मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

दीपक र रमेशले सिड्नी म्याराथन दौडने

दुवैले सिड्नी म्याराथनमा दौडेपछि थाइल्यान्डको बैंककमा हुने हाफ म्याराथनमा पनि सहभागिता जनाउनुहुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, भदौ २२ गते । दीपक कुमार रञ्जित र रमेश शाक्य अस्ट्रेलियामा हुने सिड्नी म्याराथनमा दौडनु हुने भएको छ । सिड्नी म्याराथन सेप्टेम्बर १५ तारिखमा हुँदैछ ।

एथलेटिक्स परिवार नेपाल र बैकुन्ठ मानन्धर खेलकुद नेपालले दशरथ रङगशालामा आयोजित गरेको विदाइ कार्यक्रममा कीर्तिमानी धावक बैकुण्ठ मानन्धरलगायतले दुवै धावकलाई एक सष्फलताको शुभकामना दिनुभयो ।

दीपक र रमेश एथलेटिक्स परिवार, नेपालका उपाध्यक्ष पनि हुनुहुन्छ । यी दुवैले सिड्नी म्याराथनमा दौडेपछि थाइल्यान्डको बैंककमा हुने हाफ म्याराथनमा पनि सहभागिता जनाउनुहुनेछ । दीपक र रमेशले सिड्नीमा ५५वर्ष उमेर समुहमा प्रतिस्पर्धा गर्नुहुनेछ ।

धावक दीपकले यसअघि, सिकागो म्याराथन, टोकियो म्याराथन, न्युयोर्क म्याराथन र बैंकक म्याराथन सफलताका साथ पूरा गरिसक्नुभएको छ । उहाँले यसै वर्ष बङगलादेशमा भएको साउथ एसियन खुल्ला भेट्रान्स ट्रयाक एन्ड फिल्ड च्याम्पियनसिप ५००० मिटर दौडअन्तर्गत ५५ वर्ष उमेर समुहमा कास्य पदक जित्नुभएको थियो ।

लामो दुरीका भेटरान धावक रमेशले पनि आफ्नो उमेर समूहअन्तर्गत जापान एसियन च्याम्पियनीप र फ्रान्स वल्र्ड च्याम्पियनसिपमा छैटौं, ब्रुनाई अल्ट्रा दौडमा चौथो स्थन हासिल गरिसक्नुभएको छ । दुवै धावक आइतबार अस्ट्रेलिया प्रस्थान गर्नुहुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भारत भ्रमण स्वीकृत गर्दै मन्त्रिपरिषद् बैठकले गर्यो सात महत्त्वपूर्ण निर्णय
२०८३ मंग्सिर ४, शुक्रबार
जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ
२०८३ मंग्सिर ४, शुक्रबार
नेपाल-नर्वे जलवायु सहकार्य सुदृढ बनाउनबारे छलफल
२०८३ मंग्सिर ४, शुक्रबार
इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी
२०८३ मंग्सिर ४, शुक्रबार
राप्रपा महाधिवेशनमा अध्यक्षका लागि ज्ञानेन्द्र शाही पनि मैदानमा
२०८३ मंग्सिर ४, शुक्रबार
हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ
२०८३ मंग्सिर ४, शुक्रबार
चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
२०८३ मंग्सिर ४, शुक्रबार