असार ३०, २०८२ सोमबार July 14, 2025

खेलकुदमा सहभागी गराएर युवालाई कुलतबाट जोेगाउन सकिनेः मुख्यमन्त्री सिंह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
राजविराज(सप्तरी), २३ भदौः मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले खेलकुदमा सहभागी गराएर युवालाई कुलतबाट जोेगाउन सकिने बताउनुभएको छ ।
गृह जिल्ला राजविराजमा आज आयोजित सप्तरी क्रिकेट सङ्घको पाँचौँ वार्षिक साधारणसभामा उहाँले कुलतमा लागेका युवालाई खेलकुदतर्फ आकर्षित गरेर भविष्य सुधार्न सकिने बताउनुभयो । मुख्यमन्त्री सिंहले भन्नुभयो, “कुलतबाट जोगाई उनीहरुको ऊर्जा खेलकुद र मुलुक निर्माणमा लगाउनु आवश्यक छ । यसमा युवाहरूलाई प्रोत्साहनका लागि मधेस प्रदेश सरकारले पनि सकेसम्म पहल गर्छ ।”
कर्णाली प्रदेशमा हुन लागेको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा मधेस प्रदेशबाट पनि बढीभन्दा बढी खेलमा सहभागिता जनाई धेरै पदक हासिल गर्नेतर्फ प्रयत्नशील रहन उहाँले सम्बद्ध पक्षलाई आग्रह गर्नुभयो । “कर्णालीमा हुने राष्ट्रिय खेलकुदलाई लक्षित गरी आवश्यक तयारी गर्नुस् । प्रदेश सरकारले गर्नुपर्ने सहयोगका लागि समेत हामी तयार छौँ । यसका साथै दुई वर्षपछिहुने ११औँ राष्ट्रिय खेलकुद प्रतियोगिता मधेस प्रदेशमा आयोजना हुने तय भइसकेको छ, यसका लागि जनकपुर, वीरगञ्ज र राजविराजमा खेलमैदानलगायत आवश्यक पूर्वाधार व्यवस्थापनका लागि केन्द्र सरकार समेतको सहयोगमा प्रदेश सरकार अगाडि बढ्छ”, उहाँले भन्नुभयो ।
कार्यक्रममा क्रिकेट सङ्घका अध्यक्ष आयुष श्रेष्ठले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन तथा २०८१/८२ को वार्षिक कार्यक्रम प्रस्तुत गर्नुहुँदै अगामी एक वर्षभित्र जिल्लामा आयोजना गरिने महिला तथा पुरुष क्रिकेटका १३ वटा प्रतियोगिता र एक-एकवटा बन्द प्रशिक्षण तथा ‘टर्फ पिच’ निर्माणबारे जानकारी गराउनुभएको थियो ।
सङ्घका सचिव चन्दनकुमार यादवद्वारा सञ्चालित कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख दिनेश भुजेल, पत्रकार महासङ्घ सप्तरीका सभापति श्रवणकुमार देव, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष मनोजकुमार माझी, वडाअध्यक्ष शशी चौधरीलगायतले पनि शुभकामना व्यक्त गर्नुभएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बी२०० विमान उड्नेबित्तिकै खस्यो, साउथेन्ड विमानस्थल पूर्ण रूपमा बन्द
२०८२ असार ३०, सोमबार
सरकार बनेको एक वर्षमा आर्थिक सूचकांकहरू सकारात्मक देखिए : प्रधानमन्त्री
२०८२ असार ३०, सोमबार
जग्गा ‘रजिस्ट्रेसन’ नहुँदा प्रादेशिक अस्पताल समस्यामा
२०८२ असार ३०, सोमबार
गोली प्रहारबाट किशोरीको मृत्यु
२०८२ असार ३०, सोमबार
फलफूल र तरकारीको मूल्य समायोजन : रायो साग १००, च्याउ ३५०, अनार ३५० रुपैयाँ प्रतिकिलो
२०८२ असार ३०, सोमबार
इजरायली हमलावाट इरानी राष्ट्रपति घाइते भएको खुलासा
२०८२ असार ३०, सोमबार
म्याग्दीको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खारेज
२०८२ असार ३०, सोमबार