असार ३०, २०८२ सोमबार July 14, 2025

विश्वकप लिग २ त्रिकोणात्मक सिरिजका लागि नेपालको टोली घोषणा

त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपालले २८ सेप्टेम्बर र १ अक्टोबरमा क्यानडासँग खेल्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान्) नेपालले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज खेल्न क्यानडा भ्रमणलाई १६ सदस्य टोली घोषणा गरेको छ । क्यानले सोमबार रोहितको कप्तानीमा टोली घोषणा गरेको हो ।

टोलीमा विकेटकिपर अर्जुन साउद र तिब्र गतिका बलर रिजन ढकालले पुनरागमन गरेका छन् । अर्जुनले सन् २०२३ आईसीसी विश्वकप एक दिवसीय छनोटमा आयरल्यान्डविरुद्ध खेलपछि पुनरागमन गरेका हुन् ।

त्यस्तै १६ सदस्य टोलीमा देव खनाल ट्राभल रिजर्भ खेलाडीमा छन् । टोलीमा अन्य भने खासै परिवर्तन छैन ।

लिग २ मा नेपालले पहिलो खेल सेप्टेम्बर १६ र २२ मा क्यानडासँग खेल्नेछ । त्यस्तै नेपालले सेप्टेम्बर १८ र २४ मा ओमानसँग खेल्नेछ । लिग २ पछि नेपाल, ओमान र क्यानडाबीच त्रिकोणात्मक टी-२० आई सिरिज पनि हुनेछ ।

त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपालले २८ सेप्टेम्बर र १ अक्टोबरमा क्यानडासँग खेल्नेछ । २९ सेप्टेम्बर र २ अक्टोबरमा ओमानसँग खेल्नेछ ।

त्यसपछि नेपाल लिग २ खेल्न नै अमेरिका जानेछ । अमेरिका, नेपाल र स्कटल्यान्डबीच त्रिकोणात्मक र टी-२० आई दुबै सिरिज हुनेछ । अमेरिकालाई फेरि टोली घोषणा गर्ने क्यानका प्रवक्ता छुम्बी लामाले बताएका छन् ।

८ टोली सहभागी लिग २ आगामी २०२७ सम्म चल्नेछ । शीर्ष चार टोलीले सोझै विश्वकप छनोट खेल्न पाउनेछन् । नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीच गत फेब्रुअरीमा लिग २ त्रिकोणात्मक सिरिज भएको थियो ।

नेपाल नामिबियासँग दुबै खेलमा पराजित हुँदा, नेदरल्यान्ड्समाथि एक खेलमा जित र एक खेलमा हार व्यहोरेको थियो । नेपाल ४ खेलमा २ अंकका साथ दोस्रो स्थानमा छ ।

नेपालको टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलशनकुमार झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी र देव खनाल (ट्राभलिङ रिजर्भ) रहेका छन् । प्रशासन

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बी२०० विमान उड्नेबित्तिकै खस्यो, साउथेन्ड विमानस्थल पूर्ण रूपमा बन्द
२०८२ असार ३०, सोमबार
सरकार बनेको एक वर्षमा आर्थिक सूचकांकहरू सकारात्मक देखिए : प्रधानमन्त्री
२०८२ असार ३०, सोमबार
जग्गा ‘रजिस्ट्रेसन’ नहुँदा प्रादेशिक अस्पताल समस्यामा
२०८२ असार ३०, सोमबार
गोली प्रहारबाट किशोरीको मृत्यु
२०८२ असार ३०, सोमबार
फलफूल र तरकारीको मूल्य समायोजन : रायो साग १००, च्याउ ३५०, अनार ३५० रुपैयाँ प्रतिकिलो
२०८२ असार ३०, सोमबार
इजरायली हमलावाट इरानी राष्ट्रपति घाइते भएको खुलासा
२०८२ असार ३०, सोमबार
म्याग्दीको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खारेज
२०८२ असार ३०, सोमबार