असार ३०, २०८२ सोमबार July 14, 2025

१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुन्छ : मन्त्री चौधरी

कर्णाली प्रदेशको आफ्नै लगानीमा सुर्खेतमा १० हजार दर्शक बस्ने क्षमताको रङ्गशाला निर्माण हुँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कर्णालीमा हुने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मङ्सिर २ देखि ९ सम्म कर्णालीको सुर्खेतमा हुँदै छ । १०औँ राष्ट्रिय खेलकुदका लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ मा बन्दै गरेको रङ्गशाला निर्माणको काम अन्तिम चरणमा पुगेको पनि मन्त्री चौधरीले जानकारी दिनुभयो । १० हजार दर्शक बस्ने क्षमताको रङ्गशाला रहेको बताइएको छ ।

‘पहिलोपल्ट कर्णाली प्रदेशको आफ्नै लगानीमा सुर्खेतमा रङ्गशाला निर्माण हुँदैछ । कर्णाली प्रदेशका मुख्यमन्त्री, खेलकुद मन्त्री सबैको जोश–जाँगर छ । संघीय सरकारले ६० करोड रुपैयाँ बजेट छुटाएको छ । १०औँ राष्ट्रिय खेलकुदको गतिविधि अब व्यापक रूपमा सुरुवात हुन्छ,’– उहाँले भन्नुभयो ।

१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापनमै ११औँ राष्ट्रिय खेलकुदको घोषणा हुने उहाँले बताउनुभयो । मन्त्री चौधरीका अनुसार ११औँ राष्ट्रिय खेलकुद मधेश प्रदेशमा हुनेछ ।

१०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा ३६ वटा खेल समावेश गरिएको उहाँले बताउनुभयो । मन्त्री चौधरीका अनुसार २२ देखि २४ वटा खेल सुर्खेतमा हुनेछ । बाँकी खेल नेपालगञ्ज अथवा काठमाडौँमा हुने छन् ।

मन्त्री चौधरीले खेलकुदका क्षेत्रमा सरकारले सबैभन्दा कम बजेट विनियोजन गर्ने गरेकाले सोचे अनुरूपको काम गर्न नसकिएको बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बी२०० विमान उड्नेबित्तिकै खस्यो, साउथेन्ड विमानस्थल पूर्ण रूपमा बन्द
२०८२ असार ३०, सोमबार
सरकार बनेको एक वर्षमा आर्थिक सूचकांकहरू सकारात्मक देखिए : प्रधानमन्त्री
२०८२ असार ३०, सोमबार
जग्गा ‘रजिस्ट्रेसन’ नहुँदा प्रादेशिक अस्पताल समस्यामा
२०८२ असार ३०, सोमबार
गोली प्रहारबाट किशोरीको मृत्यु
२०८२ असार ३०, सोमबार
फलफूल र तरकारीको मूल्य समायोजन : रायो साग १००, च्याउ ३५०, अनार ३५० रुपैयाँ प्रतिकिलो
२०८२ असार ३०, सोमबार
इजरायली हमलावाट इरानी राष्ट्रपति घाइते भएको खुलासा
२०८२ असार ३०, सोमबार
म्याग्दीको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खारेज
२०८२ असार ३०, सोमबार