असार २९, २०८२ आइतबार July 13, 2025

काभा महिला भलिबलमा पुलिसको विजयी सुरुवात

पुलिसले उज्वेकिस्तानको हुमो क्लबलाई ३–० को सोझो सेटमा हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, भदौ ३० गते । नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ ।

माल्दिभ्सको मालेमा आइतबारदेखि सुरु भएको च्याम्पियनसिपमा पुलिसले उज्वेकिस्तानको हुमो क्लबलाई ३–० को सोझो सेटमा हरायो । पुलिसले हुमोमाथि २५–१९, २७–२५, २५–१९ को जित निकालेको हो ।

नेपालको लिग विजेताका रूपमा क्लब च्याम्पियनसिप खेलेको पुलिसले सोमबार श्रीलङ्काको पुलिस क्लब, मङ्गललबार ताजकिस्तानको क्लब र चौथो तथा अन्तिम खेल बिहीबार माल्दिभ्सको क्लबसँग खेल्नेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया