असार २९, २०८२ आइतबार July 13, 2025

गाब्रियलको गोलमा आर्सनल विजयी

टोटनह्यामको ४ खेलमा ४ अंक रहेको छ र लिगमा १३औं स्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । आर्सनलले इङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामलाई पराजित गरेको छ । आइतबार राति सम्पन्न खेलमा आर्सनलले टोटनह्यामलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

आर्सनलको जितमा खेलको ६४औँ मिनेटमा गाब्रियल मागलहाएजले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।

यो यस सिजनमा आर्सनलको तेस्रो जित हो । ४ खेलमा आर्सनलको १० अंक भएको छ र अंक तालिकामा दोस्रो स्थानमा रहेको छ ।

त्यसैगरी टोटनह्यामको भने यस सिजनमा यो दोस्रो हार हो । टोटनह्यामको ४ खेलमा ४ अंक रहेको छ र लिगमा १३औं स्थानमा झरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया