असार २०, २०८२ शुक्रबार July 4, 2025

‘एनसेल फाउन्डेसन’ घोषणा

आगामी पाँच वर्षमा कम्तीमा २० करोड रुपियाँ सामाजिक पहलमा योगदान गर्ने प्रतिबद्धता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असोज २ गते । निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक एनसेलले एनसेल फाउन्डेसन स्थापनाको घोषणा गरेको छ । कम्पनीको १९ औँ वार्षिकोत्सवका अवसरमा मङ्गलबार आयोजित कार्यक्रममा उक्त फाउन्डेसनमार्फत आगामी पाँच वर्षमा कम्तीमा २० करोड रुपियाँ सामाजिक पहलमा योगदान गर्ने प्रतिबद्धता कम्पनीले सार्वजनिक गरेको छ ।

प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले सामाजिक कार्यलाई एकीकृत गर्न फाउन्डेसन स्थापना गरेको जानकारी दिनुभयो । विगत १९ वर्षमा एनसेलले एक करोड ३० लाखभन्दा बढीको जीवनमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा प्रभाव पार्ने गरी स्वास्थ्य, शिक्षा, वातावरण लगायतका सामाजिक क्षेत्रमा दुई अर्बभन्दा बढीको योगदान गरिसकेको पनि उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा एनसेलले थप समावेशी, कनेक्टेड र दिगो नेपाल विकासमा सघाउनु र दिगो विकासका लक्ष्यप्राप्तिका लागि योगदान पुर्‍याउनु फाउन्डेसनको उद्देश्य रहेको उल्लेख गरेको छ । फाउन्डेसनमार्फत सामाजिक कार्यको धेरै आवश्यक भएकालाई सहयोग गर्ने, डिजिटल डिभाइसलाई कम गर्ने र थप स्वस्थ, दिगो र समृद्ध नेपाललाई बढावा दिने एनसेलले जनाएको छ ।

कार्यक्रममा एनसेल फाउन्डेसनको आरम्भसँगै १९ औँ वार्षिकोत्सवको उपलक्ष्यमा ‘नाइन्टिन फर नाइन्टिन’ परियोजनाको पनि घोषणा गरेको छ । यस पहल अन्तर्गत सातै प्रदेशबाट छानिएका कुल १९ वटा सामाजिक कार्य कार्यान्वयन गरिने छन् र प्रत्येक एक आयोजनाले १० लाख सिड फन्डका रूपमा सहयोग प्राप्त गर्ने छन्  ।

सन् २००५ मा आजकै दिन अर्थात् सेप्टेम्बर १७ बाट एनसेल (पहिले मेरो मोबाइल) ले आफ्नो सेवा सञ्चालनमा ल्याउँदै कम्पनीले सेवा सुरु गरेको थियो । स्थापनाकालयता कम्पनीले तीन खर्ब २० अर्ब रुपियाँभन्दा बढी कर तथा शुल्क सरकारलाई बुझाएको एनसेलले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
लिभरपुलले दिवंगत जोटाको सम्झनामा २० नम्बर जर्सी स्थायी रूपमा हटाउने
२०८२ असार २०, शुक्रबार
सेनाको निःशुल्क स्वास्थ्य शिविरबाट ४२२ जना स्थानीयवासीहरू लाभान्दित
२०८२ असार २०, शुक्रबार
ट्रम्पको विवादास्पद कर तथा खर्चसम्बन्धी विधेयक अमेरिकी संसदबाट पारित
२०८२ असार २०, शुक्रबार
‘पृतनापति ट्रफी २०८२’ प्रतियोगिता सुरु, सेनाका एकाइबीच ७ खेलमा प्रतिस्पर्धा
२०८२ असार २०, शुक्रबार
पहिलोपल्ट राष्ट्रिय महिला फाइभ ‘ए’ साइड हकी प्रतियोगिता हुने
२०८२ असार २०, शुक्रबार
विपत् व्यवस्थापन कार्यमा जुट्न माओवादी केन्द्रको निर्देशन
२०८२ असार २०, शुक्रबार
भन्सार छलेर ल्याइएका १८ लाखका कपडा बरामद
२०८२ असार २०, शुक्रबार