असार २९, २०८२ आइतबार July 13, 2025

युइएफए च्याम्पियन्स लिग : डाइनामोविरुद्ध बायर्न म्युनिखको गोल बर्षा

बायर्न म्युनिखले क्रोसियन क्लब डाइनामो जाग्रेबलाई ९-२ गोल अन्तरले हरायो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । युइएफए च्याम्पियन्स लिग अन्तर्गत बायर्न म्युनिखले शानदार जित हासिल गरेको छ ।

गएराती सम्पन्न खेलमा बायर्न म्युनिखले क्रोसियन क्लब डाइनामो जाग्रेबलाई ९-२ गोल अन्तरले पराजित गरेको हो ।

बायर्न म्युनिखका लागि ह्यारी केनले ४ गोल गरेका थिए भने राफेल गुरेइरो, माइकल ओलीस, लिरोय साने र लोओन गोरेटज्काले एक एक गोल गरेका थिए । त्यस्तै डाइनामोका लागि ब्रुनो पेटकोभिक र टाकुया ओगीवाराले एक एक गोल गरेका थिए ।

अब बायर्नले अर्को खेल अक्टोबर ३ मा एस्टन भिल्लासँग खेल्ने तालिका रहेको छ भने डाइनामोले अर्को खेल अक्टोबर ३ मा अर्को खेल मोनाकोसँग खेल्ने तालिका रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया