असार २९, २०८२ आइतबार July 13, 2025

इङल्याण्डमाथि अस्ट्रेलिया ७ विकेटले विजयी

इंग्ल्यान्डविरुद्ध बनाए १५४ रन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ट्रेभिस हेडको शानदार शतकको सहयोगमा अस्ट्रेलियाले इंग्ल्यान्डसँगको पहिलो एक दिवसीय खेलमा ७ विकेटको जित हात पारेको छ। घरेलु टोली इंग्ल्यान्डले दिएको ३१६ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ३६ बल बाँकी रहँदा ३ विकेटको क्षतिमा ३१७ रन बनाएको हो।

गएको १ वर्षदेखि शानदार फर्ममा रहेका हेडले अविजित १५४ रन जोडे। १२९ बलको सामना गरेका उनले २० चौका र ५ छक्का प्रहार गरे। मार्नस लाबुसाङ्गेले ६१ बलमा ७७ रन जोडे। उनले ७ चौका र २ छक्का प्रहार गरे। उनीहरूले चौथो विकेटका लागि अविजित १४८ रनको साझेदारी गरे। स्टेभन स्मिथ र क्यामरुन ग्रिनले ३२ रन जोडे। इंग्ल्यान्डका अदिल रसिदबाहेक अन्य कुनै बलरले १० ओभरको कोटा समेत पुरा गरेनन्। रसिदले ५९ रन खर्चेर १ विकेट लिए।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २ बल बाँकी रहँदा सबै विकेट गुमाउँदै ३१५ रनको योगफल खडा गरेको थियो। इंग्ल्यान्डका लागि बेन डुकेटले ९१ बलमा ९५ रन जोडे। उनले ११ चौका प्रहार गरे। उनले ली जयाकसँग मिलेर दोस्रो विकेटका लागि १२० रनको साझेदारी गरेका थिए।

ज्याकले ५६ बलमा ६२ रन जोडे। ब्याट्सम्यान हाबी भएको खेलमा अस्ट्रेलियाले ८ जनालाई बलिङ गराएको थियो। संयोगवश ब्याटिङमा जमेका हेड र लामुसाङ्गे नै बलिङमा पनि जमेका थिए।

अस्ट्रेलियाले स्पिनर हाबी भएपछि यी २ लाई प्रयोग गरेको थियो। एडम जाम्पाले १० ओभरमा ४९ रन खर्चेर ३ विकेट लिए। यो मध्य दोस्रो विकेटको डरलाग्दो साझेदारी टुटाउन लिइएको ज्याक्सको विकेट समावेश थियो। लामुसाङ्गेले पनि डुकेटको रिटर्न क्याच लिँदै अस्ट्रेलियालाई खेलमा फर्काएका हुन्। उनले ६ ओभरमा ३९ रन खर्चिँदै ३ विकेट लिए। हेडले ४.४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सत्तामा रहेकै दल र नेताहरूबाट लोकतन्त्रमाथि खतरा : चित्र बहादुर केसी
२०८२ असार २९, आइतबार
चीनको आर्थिक समृद्धिबाट हामीले जतिसक्दो लाभ लिनुपर्छः राजदूत ओली (अन्तवार्ता)
२०८२ असार २९, आइतबार
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार