श्रावण २, २०८२ शुक्रबार July 18, 2025

सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल

बर्खायाममा दैनिक दुई–चार जना पर्यटक आउने गरेकामा हाल एक सय ५० जना आउन थाले

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

लमजुङ । बर्खायाम प्रारम्भ भएसँगै सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल सुरु भएको छ । खुम्बुपछिको आकर्षक यो पदमार्गमा दैनिक एक सय ५० पर्यटक आउन थालेका छन् ।

धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रका प्रमुख भूपेन्द्र गुरुङका अनुसार बर्खायाममा दैनिक दुई–चार जना पर्यटक आउने गरेकामा हाल एक सय ५० जना आउन थालेका छन् ।

पर्यटक आगमनसँगै पदमार्ग क्षेत्रका होटल व्यवसायी पनि व्यस्त भएका छन् । सन् २०२४ को जनवरीदेखि हालसम्म उक्त पदमार्गमा १२ हजार तीन सय ५५ जना पर्यटक आएका प्रमुख गुरुङले बताए । अघिल्लो वर्षको सोही अवधिमा १० हजार आठ सय ९७ जना पर्यटकले पदयात्रा गरेका थिए । हालसम्म फ्रान्सका एक हजार एक सय ७२, इजरायलका एक हजार ८२, जर्मनीबाट आठ सय ९२, भारतका आठ सय २८ जना पर्यटकले यो भेगको भ्रमण गरेका उनले जानकारी दिए ।

पर्यटक आउने याममा दैनिक ५० हजारभन्दा बढी आम्दानी हुने गरेकामा बर्खायाममा पर्यटक नआउँदा दैनिक रु दुई–चार हजार आम्दानी हुँदै आएकामा हाल रु १५ देखि ३० हजारसम्म कारोबार हुने गरेको मर्स्याङ्दी गाउँपालिका–४ का पर्यटन व्यवसायी मेखबहादुर गुरुङले बताए ।

हिमाल, उच्च पहाडका र पहाडका साथै यहाँको रीतिरिवाज, वेशभूषाबारे जानकारी लिँदै संसारको सबैभन्दा अग्लो मानिएको थोराङला पासबाट मुस्ताङ र पोखरा जान पर्यटकहरू अन्नपूर्ण पदमार्गमा आउने गरेका छन् ।

सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहलपर्वतारोहण र पदयात्राका निम्ति प्रख्यात मनाङ आउने पर्यटक थोराङलातर्फ पनि जाने गरेका छन् । यो स्थान पार गर्न करिब २१ दिन लाग्ने गरेकामा केही स्थानमा सवारीसाधनसमेत सञ्चालनमा आएपछि थोराङलाको यात्रा १२ दिनमा टुङ्गिने गरेको पदयात्रा व्यवसायीहरूले बताएका छन् । विगतका वर्षहरूमा झैँ यो वर्ष पनि दैनिक चार सय पर्यटकले मनाङ भ्रमण गर्ने उनीहरूको अपेक्षा छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार