मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

अन्तर्राष्ट्रिय रेडपान्डा ट्रेल म्याराथनमा खुलातर्फ विशाल राई प्रथम

हिलातर्फ पनि विजेताले पुरुषकै झैँ समान पुरस्कार प्राप्त गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

ताप्लेजुङ, असो ५ गते । ताप्लेजुङमा आयोजित अन्तर्राष्ट्रिय रेडपान्डा ट्रेल म्याराथन (दौड) प्रतियोगितामा खुलातर्फ पाँचथरका विशाल राई प्रथम हुनुभएको छ । शनिबार आयोजित म्याराथनमा निर्धारित ४८ किलोमिटर दूरी चार घण्टा १६ मिनेटमा पूरा गर्दै राई प्रथम हुनुभएको हो ।

म्याराथनमा समग्र अर्थात् खुलातर्फ विजेता बन्नुभएका राईले एक लाख रुपियाँ नगद पुरस्कार पाउनुहुने छ । यस्तै, पुरुषतर्फ बझाङका करण रावल प्रथम हुनुभएको छ । रावलले निर्धारित ४८ किलोमिटर दूरी चार घण्टा १७ मिनेटमा पार गर्नुभएको छ ।

त्यस्तै, पुरुषतर्फ नै ताप्लेजुङका रमेश लिम्बू दोस्रो र सोलुखुम्बुका अर्जुन कुलुङ राई तेस्रो बन्नुभएको छ । निर्धारित दूरी क्रमशः लिम्बूले चार घण्टा २६ मिनेट र राईले चार घण्टा ३१ मिनेटमा पूरा गर्नुभएको छ । म्याराथनका पुरुष विधाका विजेताहरूमध्ये प्रथमले ५० हजार रुपियाँ, दोस्रो ३० हजार र तेस्रोले २० हजार रुपियाँ नगद पुरस्कार पाउने छन् ।

यता महिलातर्फ पनि विजेताले पुरुषकै झैँ समान पुरस्कार प्राप्त गर्ने छन् । म्याराथनमा १६ जना महिलाको सहभागिता रहेको र उहाँहरू निरन्तर दौडकै क्रममा रहनुभएको आयोजकले जनाएको छ । म्याराथनका लागि सदरमुकाम फुङ्लिङदेखि दौड सुरु भई तीन हजार ७९४ मिटर उचाइमा अवस्थित पाथीभरा धाम पुगेर पुनः फुङ्लिङ आइपुग्नुपर्ने गरी दूरी निर्धारण गरिएको छ ।

यसैगरी, रेडपान्डा कोरिडोर क्षेत्रको रूपमा रहेको ताप्लेजुङ, पाँचथर र इलाम जिल्लाबाट समेत प्रतियोगितामा प्रतिस्पर्धा गराई पुरस्कारको व्यवस्था गरिएको छ । उक्त तीन जिल्लाबाट सहभागी हुनेले प्रथम १५ हजार, दोस्रो १० हजार र तेस्रो हुनेले पाँच हजार रुपियाँ नगद पुरस्कार पाउने छन् ।

रेडपान्डा (हाब्रे) को संरक्षणमा क्रियाशील संस्था हिमाली संरक्षण मञ्च ताप्लेजुङले सेप्टेम्बर २१ (असोज ५ गते) अन्तर्राष्ट्रिय रेडपान्डा दिवसका अवसरमा म्याराथन प्रतियोगिता आयोजना गरेको हो । विश्वमै दुर्लभ रेडपान्डाको संरक्षणप्रति जनचेतना अभिवृद्धि तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रेडपान्डा म्याराथन प्रतियोगिता आयोजना गरिएको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भारत भ्रमण स्वीकृत गर्दै मन्त्रिपरिषद् बैठकले गर्यो सात महत्त्वपूर्ण निर्णय
२०८३ मंग्सिर ४, शुक्रबार
जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ
२०८३ मंग्सिर ४, शुक्रबार
नेपाल-नर्वे जलवायु सहकार्य सुदृढ बनाउनबारे छलफल
२०८३ मंग्सिर ४, शुक्रबार
इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी
२०८३ मंग्सिर ४, शुक्रबार
राप्रपा महाधिवेशनमा अध्यक्षका लागि ज्ञानेन्द्र शाही पनि मैदानमा
२०८३ मंग्सिर ४, शुक्रबार
हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ
२०८३ मंग्सिर ४, शुक्रबार
चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
२०८३ मंग्सिर ४, शुक्रबार