काठमाडौं। लिभरपुलले इङलिश प्रिमियर लिग अन्तर्गत बोर्नमाउथमाथि सहज जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा लिभरपुलले बोर्नमाउथलाई ३-० गोल अन्तरले पराजित गरेको हो।
लिभरपुलको जितमा लुइज डियाजले दुई गोल गरेका थिए भने डर्विन नुनेजले एक गोल गरेका थिए।
यो जितपछि लिभरपुलको ५ खेलमा १२ अंक भएको छ र लिगमा शिर्ष स्थानमा उक्लिएको छ। त्यसैगरी बोर्नमाउथको भने ५ खेलमा ५ अंक रहेको छ र लिगमा १३औं स्थानमा रहेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया