असार २६, २०८२ बिहिबार July 10, 2025

निगमले पाँच ठाउँबाट टिकट बिक्री गर्ने

अब यात्रुको सहजताका लागि विराटनगर, पोखरा र नेपालगन्जबाट पनि अन्तर्राष्ट्रिय उडानका टिकट बिक्री सुरु हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपाल वायुसेवा निगमले काठमाडौँसहित पाँच स्थानबाट अन्तर्राष्ट्रिय टिकट बिक्री गर्ने भएको छ ।

निगमका प्रवक्ता रमेश पौडेलका अनुसार हाल काठमाडौँ र भैरहवाबाट मात्रै अन्तर्राष्ट्रिय टिकट बिक्री हुँदै गरेको अब थप तीन ठाउँबाट अन्तर्राष्ट्रियतर्फको टिकट लिन सकिने छ । यसअघि अनलाइनबाहेक काठमाडौँ र भैरहवाबाट मात्रै अन्तर्राष्ट्रियतर्फको टिकट बिक्री हुँदै आएको थियो, अब यात्रुको सहजताका लागि विराटनगर, पोखरा र नेपालगन्जबाट पनि अन्तर्राष्ट्रिय उडानका टिकट बिक्री सुरु हुने उहाँले बताउनुभयो ।

बडादसैँ, तिहार तथा छठ पर्व जस्ता चाडपर्वको समयमा यात्रुको सहजताका लागि ती स्थानबाट टिकट बिक्रीको व्यवस्था मिलाएको उहाँले बताउनुभयो । चाडपर्वपश्चात् पनि विराटनगर, पोखरा र नेपालगन्ज कार्यालयबाट टिकट वितरण गर्ने गरी व्यवस्था मिलाइने उहाँले जानकारी दिनुभयो । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया