श्रावण २, २०८२ शुक्रबार July 18, 2025

पाँच पालिकामा १ सय ९९ विद्युत् प्रसारण लाइनको टावर निर्माण गरिने

तमाटे सवस्टेसनदेखि दमौली सवस्टेशन हुँदै बुटवल सवस्टेन खण्डअन्तर्गत विद्युत् प्रसारण लाइनको टावर निर्माण गरिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तनहुँ । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल)मार्फत तनहुँका पाँच पालिकामा विद्युत् प्रसारण लाइनका लागि एक सय ९९ वटा टावर निर्माण गरिने भएको छ ।

जिल्लाको व्यास नगरपालिका र आबुँखैरेनी, बन्दीपुर, ऋषिङ तथा घिरिङ गाउँपालिकामा उक्त टावर निर्माण गर्न लागिएको हो ।

सवस्टेशनअन्तर्गत विद्युत् प्रसारण लाइनको टावर निर्माणका लागि आवश्यकपर्ने यहाँका विभिन्न ठाउँमा जग्गाको मुआब्जा वितरण प्रक्रिया सुरु गरिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।

उनकानुसार एमसिए नेपालद्वारा सञ्चालित ४०० केभी विद्युत् प्रसारण आयोजनाअन्तर्गत रातमाटे सवस्टेसनदेखि दमौली सवस्टेशन हुँदै बुटवल सवस्टेन खण्डअन्तर्गत विद्युत् प्रसारण लाइनको टावर निर्माण गरिनेछ ।

एमसिए नेपालले चार सय केभी न्यू दमौली सवस्टेसन निर्माणका लागि गत साउन १६ गते ठेक्का सम्झौता गरिसकेको छ । जिल्ला प्रशासन कार्यालयले असोज १ गते सूचना प्रकाशित गरी मुआब्जा प्राप्त गर्ने जग्गाधनीले हकदैया भोगचलनसम्बन्धी प्रमाणसहित सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र प्रशासन कार्यालय वा एमसिए नेपालको तनहुँस्थित सम्पर्क कार्यालय वा आयोजनाको सार्वजनिक सूचना केन्द्रमा निवेदन दिन सकिने जनाएको छ ।

सूचनामा चित्त नबुझ्ने व्यक्तिले जग्गा प्राप्ति ऐन, २०३४ को दफा १८ को उपदफा (२)बमोजिम १५ दिनभित्र गृहमन्त्रालयमा उजुरी गर्नसक्ने पनि जनाइएको छ ।

मूल्य निर्धारण समितिले जग्गाको मूल्य निर्धारण गर्नुअघि स्थलगत निरीक्षण गरिसकेको छ । मालपोत कार्यालयले तोकेको मूल्याङ्कन, सम्बन्धित वडा कार्यालयको चलन चल्तीको मूल्य, बैंक तथा वित्तीय संस्थाले तोकेको मूल्य, बाटोको दूरी तथा जङ्गल क्षेत्रको आधारमा जग्गाको मूल्याङ्कन गरिएको प्रमुख जिल्ला अधिकारी गौतमले बताए ।

नेपाल-भारत सीमानासम्म तीन सय १५ किलोमिटर प्रसारण लाइन निर्माण हुने मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समितिले जनाएको छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार
तीन सय ७७ अस्पतालबाट प्रथम सेवाको उपचार पाइने
२०८२ श्रावण २, शुक्रबार