असार २९, २०८२ आइतबार July 13, 2025

पाँचपोखरीमा महिला म्याराथन

मास ट्रेकिङमा सहभागी हुनेले लागि भने नेपालीले रु १३ हजार पाँच सय र विदेशीले दुई सय डलर तिर्नुपर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सिन्धुपाल्चोक, १० असोजः पाँचपोखरी थाङपाल –३ पाँचपोखरीमा प्रथम पाँचपोखरी महिला म्याराथन हुने भएको छ । आगामी कात्तिक २ गते पाँचपोखरी थाङ्पाल गाउँपालिकाको पाँचपोखरी कुण्डबाट रैथानेसम्म २८ किलोमिटर लामो म्याराथन हुने आयोजक विश्व समावेश साहसी संस्थाकी सल्लाहकार माया गुरुङले बताउनुभयो ।

स्वदेशी तथा विदेशी महिलाको सहभागिमा हुने उक्त म्याराथनमा प्रथम हुनेले नगद रु ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । दोस्रो, तेस्रो, चाँैथो र पाँचाँै हुनेलेसमेत शिल्ड, मेडल र प्रमाणपत्रसहित क्रमशः २५ हजार, १५ हजार, १० हजार र पाँच हजार नगद पुरस्कार पाउने गुरुङले बताउनुभयो ।

दौडमा सहभागिता जनाउन नेपाली महिलाले रु पाँच सय र विदेशी महिलाले पाँच डलर दर्ता शुल्क बुझाउनुपर्ने छ । म्याराथनसहित सोही समयमा ‘मास ट्रेकिङ’ पनि हुनेछ । “वर्षमा कम्तीमा एक पटक ट्रेकिङ जाउँ, पर्यटन प्रवद्र्धन गरौँ”, भन्ने नाराका साथ मास ट्रेकिङ आयोजना गरिएको हो ।

मास ट्रेकिङमा सहभागी हुनेले लागि भने नेपालीले रु १३ हजार पाँच सय र विदेशीले दुई सय डलर तिर्नुपर्नेछ । दसँैं तिहारको बिदामा घुम्न जान चाहनेहरुलाई लक्ष्यित गरि ट्रेक आयोजना गरिएको गुरुङले बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार