श्रावण ३, २०८२ शनिबार July 19, 2025

आईएमएफले पाकिस्तानलाई ७ अर्ब डलर ऋण दिने

१.१ अर्ब डलरको यो नयाँ ऋणको पहिलो किस्ता सेप्टेम्बर ३० मा जारी हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । पाकिस्तानलाई अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले सात अर्ब डलर ऋण जारी गर्न स्वीकृति दिएको छ ।

पाकिस्तानको प्रधानमन्त्री कार्यालय (पीएमओ) ले आइएमएफले ७ अर्ब डलर ऋण स्वीकृत गरेको जानकारी दिएको पाकिस्तानी मिडियाहरुले उल्लेख गरेका छन् ।

साथै पीएमओले आईएमएफले ऋण स्वीकृतिका लागि सुझाव दिएको आर्थिक सुधारका उपायहरू कार्यान्वयन भइरहेको जनाएको छ । आर्थिक स्थायित्व हासिल गरेपछि पाकिस्तानले आर्थिक विकासको लक्ष्य हासिल गर्न कडा कदम चाल्ने बताएको छ ।

पाकिस्तानले कृषि कर संरचना सुधार गर्ने, राज्यहरूलाई वित्तीय अनुशासनका लागि जिम्मेवार बनाउने र केही अन्य कडा सुधारहरू कार्यान्वयन गर्ने वाचा गरेपछि सात अर्ब डलरको ऋण स्वीकृत भएको हो ।

जियो न्यूजका अनुसार १.१ अर्ब डलरको यो नयाँ ऋणको पहिलो किस्ता सेप्टेम्बर ३० मा जारी हुने बताइएको छ । कमजोर आर्थिक अवस्थाका कारण पाकिस्तान आईएमएफको ऋणमा निर्भर भएको छ ।

सन् १९५८ देखि हालसम्म पाकिस्तान २२ पटक ऋणको लागि आईएमएफमा गएको थियो । हाल पाकिस्तान आईएमएफको पाँचौं ठूलो ऋणी देश हो । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया