असार २९, २०८२ आइतबार July 13, 2025

खेवाङ गोल्डकप फुटबल प्रतियोगिता कात्तिक १० गतेबाट

लालीगुराँस स्पोर्टिङ क्लब सुरुम्खिम र पेदाङ स्पोर्टिङ क्लब सहभागी हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ताप्लेजुङ, असोज ११ गते । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा खेवाङ गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । खेवाङ स्पोर्टिङ क्लबको आयोजनामा आगामी कात्तिक १० गतेदेखि १५ गतेसम्म प्रतियोगिताको सातौं संस्करण हुने भएको हो ।

आयोजक खेवाङ स्पोर्टिङ क्लबले शुक्रबार फुङ्लिङ सदरमुकाममा पत्रकार सम्मलेन गर्दै प्रतियोगिताबारे जानकारी गराएको छ । क्लबका अध्यक्ष विनम माबोका अनुसार प्रतियोगितामा आठ टोलीको सहभागिता रहने र सहभागी हुने टोलीको टुङ्गो पनि लागिसकेको छ ।

कोशी प्रदेशस्तरीय प्रतियोगितामा आयोजक खेवाङ स्पोर्टिङ क्लबसहित जिल्लाभित्रको स्थानीय टोलीमा तेल्लोक स्पोर्टिङ क्लब, नैना कम्पनी प्रालि खेवाङ सहभागी हुने क्लबका अध्यक्ष माबोले जानकारी दिनुभयो । यस्तै लालीगुराँस स्पोर्टिङ क्लब सुरुम्खिम र पेदाङ स्पोर्टिङ क्लब सहभागी हुनेछन् । त्यस्तै जिल्ला बाहिरबाट नेपाल पुलिस क्लब कोशी प्रदेश, रेड स्टर फुटबल क्लब झापा र पाँचथरको कुम्मायक गाउँपालिका टोलीको प्रतियोगितामा सहभागिता रहने छ ।

आयोजकका अनुसार प्रतियोगिताको विजेताले एकलाख ५१ हजार १११ रुपियाँ राशिको नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाउनेछ । उपविजेताले एकलाख एक हजार १११ रुपियाँसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नेछ ।

यसैगरी प्रतियोगितामा खेलाडीका लागि विभिन्न विधागत पुरस्कारको व्यवस्था गरिएको पनि आयोजक क्लबका अध्यक्ष माबाेले जानकारी दिनुभयो । प्रतियोगिता सम्पन्न गर्नका लागि करिब १५ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको अध्यक्ष माबोले बताउनुभयो ।

पत्रकार सम्मेलनमा जिल्ला खेलकुद विकास समितिका अधयक्ष नरेन्द्रकुमार लिम्बू (गणेश), पाथीभरा क्षेत्र विकास समितिका अध्यक्ष रक्की थेबे, लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष देवराज गुरुङलगायतको उपस्थिति थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार