असार २९, २०८२ आइतबार July 13, 2025

एफसी यु–२० एसियन कप : नेपाल बहराइनसँग ४ गोलअन्तरले पराजित

प्रत्येक समुहको विजेता र उत्कृष्ट पाँच उपविजेता यु–२० टोली एसियन कपमा छनोट हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, ११ असोजः एफसी यु–२० एसियन कप छनोटअन्तर्गतको समूह चरणको खेलमा नेपाल बहराइनसँग पराजित भएको छ ।
चाइनिज ताइपेस्थित न्यु ताइपे सिटीमा आज भएको छनोट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को आफ्नो अन्तिम खेलमा नेपाल बहराइनसँग ०–४ गोलअन्तरले पराजित भएको हो । यस हारसँगै अर्को वर्ष चीनमा आयोजना हुने एएफसी यु–२० एसियन कपमा छनोट हुने नेपालको सपना समाप्त भएको छ ।
नेपालले चार खेलमा तीन अङ्क मात्र जोडेको छ । पहिलो खेलमा कम्बोडियासँग ४–१ गोलअन्तरले पराजित भएको नेपालले दोस्रो खेलमा चाइनिज ताइपेइलाई ३–१  गोलअन्तरले पराजित गरेको थियो । त्यसैगरी तेस्रो खेलमा उज्बेकिस्तानसँग नेपाल ६–० गोलअन्तरले पराजित भएको थियो ।
 यस जितसगै बहराइनको अघिल्लो चरण प्रवेशको सम्भावनामा भने बाँकी नै छ । बहराइनले अब तालिकाको शीर्ष स्थानमा रहेको उज्वेकिस्तानको सामना गर्नेछ । बहराइनले आज खेलको पहिलो हाफमा दुई गोल ग¥यो भने खेलको दास्रो हाफमा पनि दुई गोल थप्यो ।
समूह ‘बी’मा नेपालसहित उज्बेकिस्तान, बहराइन, चाइनिज ताइपेइ र कम्बोडिया छन् । सन् २०२५ मा हुने एएफसी यु–२० एसियन कप छनोटमा कुल ४५ राष्ट्रको सहभागिता छ । जसलाई विभिन्न १० समूहमा विभाजन गरिएको छ । प्रत्येक समुहको विजेता र उत्कृष्ट पाँच उपविजेता यु–२० टोली एसियन कपमा छनोट हुनेछन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
प्राप्त उपलब्धिको रक्षा गर्नु आजको आवश्यकताः महासचिव पोखरेल
२०८२ असार २९, आइतबार
राष्ट्रपति पौडेलद्वारा दुःख व्यक्त
२०८२ असार २९, आइतबार
नेपाली भाषा, साहित्य र संस्कृतिलाई एकताको सूत्रमा बाँध्ने काम आदिकविबाट : सभामुख घिमिरे
२०८२ असार २९, आइतबार
क्यान्सरका बिरामीलाई औषधि निःशुल्क दिइने
२०८२ असार २९, आइतबार
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२ असार २९, आइतबार
प्रतिनिधिसभा बैठक सुरु, दुई विधेयक प्रस्तुत हुँदै
२०८२ असार २९, आइतबार
उत्तर कोरियाली नेता किमद्वारा लाभरोभसँगको वार्तामा युक्रेन युद्धमा रुसलाई पूर्ण समर्थन
२०८२ असार २९, आइतबार