असार २९, २०८२ आइतबार July 13, 2025

एटलेटिकोसँग बराबरीमा रोकियो रियल म्याड्रिड

रियल म्याड्रिड र एटलेटिको म्याड्रिड १-१ गोलको बराबरीमा रोकिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिड एटलेटिको म्याड्रिडसँग बराबरीमा रोकिएको छ ।

गएराती सम्पन्न खेलमा रियल म्याड्रिड र एटलेटिको म्याड्रिड १-१ गोलको बराबरीमा रोकिएका हुन् ।

पहिलो हाफ गोल रहित बराबरीमा टुंगिएको खेलमा रियल म्याड्रिडका लागि खेलको ६४औँ मिनेटमा इडर मिलिताओले गोल गरेका थिए । त्यस्तै एटलेटिको म्याड्रिडका लागि इन्जुरी समयपछि एंगल कोरियाले गोल गर्दै रियल म्याड्रिडको जित खोसेका थिए । यस खेलमा ९० मिनेटको इन्जुरी समयपछि एटलेटिकोका मार्कोस लियोरेन्टले रातो कार्ड पाएका थिए ।

यो बराबरीपछि रियल म्याड्रिडले बार्सिलोनासँगको दूरी घटाउने अवसर गुमाएको छ । यो खेलपछि रियल म्याड्रिडको ८ खेलमा १८ अंक रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै बार्सिलोना २१ अंकसहित शिर्ष स्थानमा रहेको छ । त्यसैगरी एटलेटिको म्याड्रिड १६ अंकसहित तेस्रो स्थानमा छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
साफ यू २० महिला च्याम्पियनसिपमा आज नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै
२०८२ असार २९, आइतबार
क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा
२०८२ असार २९, आइतबार
कफीको बिरुवा बेचेर साढे १३ लाख कमाई
२०८२ असार २९, आइतबार
क्यान्सरको प्रकार थाहा पाइने‘रोश बेन्चमार्क अल्ट्रा इम्युनोहिस्टोक्यामेस्ट्री’ उपकरण सञ्चालनमा
२०८२ असार २९, आइतबार
आकाशको पानीको भरपर्दा सर्लाहीमा भएन रोपाइँ
२०८२ असार २९, आइतबार
प्रधानमन्त्री ओलीद्वारा भानु जयन्तीको शुभकामना, ‘नेपाली मनमा रामायण रोप्ने आदिकवि प्रति नमन’
२०८२ असार २९, आइतबार
चुँदी रम्घालाई सप्तधामका रूपमा विकसित गरिँदै
२०८२ असार २९, आइतबार