श्रावण २, २०८२ शुक्रबार July 18, 2025

मन्थलीमा विद्युत् आपूर्ति सञ्चालन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

मन्थली (रामेछाप) । जिल्लाको सदरमुकाम मन्थलीमा शनिबारदेखि अवरुद्ध रहेको विद्युत् सेवा सञ्चालन भएको भएको छ ।

शनिबार आएको बाढी, पहिरोले ढल्केवर र लामोसाँघुबाट ल्याएको विद्युत्को दुवैतिरको खम्बा ठाउँठाउँमा बगाएको, तार चुँडिएकाले शनिबारदेखि सदरमुकाम मन्थली र मन्थली सवस्टेशनबाट वितरण गरिएको जिल्लाका विभिन्न क्षेत्रको विद्युत् सेवा अवरुद्ध भएको थियो ।

न्यू खिम्ती सवस्टेशनबाट मन्थली सवस्टेशनसम्म ३३ केभी प्रसारण लाइनको विद्युत् खम्बा करिब ५२ घण्टाको मर्मतपश्चात् सोमबार साँझदेखि सेवा सञ्चालनमा ल्याइएको नेपाल विद्युत् प्राधिकरण मन्थली मन्थली शाखाका प्रमुख दीपेन्द्र बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार वैकल्पिक रूपमा जनकपुर ढल्केवर मन्थली जोडिएको लाइनको पनि मर्मत जारी रहेको छ भने मन्थली सवस्टेशनबाट जिल्लाका विभिन्न भागमा वितरण गरिएको ११ केभीको वितरण लाइन पनि सञ्चालनको प्रयास भइरहेको छ ।

विद्युत् सेवा अवरुद्ध भएपछि जिल्लामा टेलिफोन, इन्टरनेट र खानेपानी सेवासमेत अवरुद्ध भएको थियो । विद्युत् सेवा सञ्चालन गर्न प्राधिकरणका कर्मचारी, नेपाली सेना, प्रहरी, स्थानीय निकायका साथै रामेछापका ‘सहयोगी मन’का सदस्यहरूले सहयोग गरेको स्थानीय समाजसेवी विपिन भट्टराईले जानकारी दिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार