असार २८, २०८२ शनिबार July 12, 2025

वीरगन्ज टी-२० सुपर लिगको उपाधि साहिब दरबारको पोल्टामा

बलिङतर्फ वीरगन्ज ब्लास्टरका लागि अनुज चौहानले ३ तथा सराजुल अहमदले २ र महमद मेराजले १ विकेट लिए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं : वीरगन्जमा आयोजित वीरगन्ज टी-२० सुपर लिग सिजन-३ को उपाधि ड्रगन अफ साहिब दरबारले जितेको छ।

आदर्शनगर रंगशालामा शनिबार भएको फाइनल खेलमा वीरगन्ज ब्लास्टरलाई ४ विकेटले हराउँदै साहिब दरबारले उपाधि उचालेको हो। वीरगन्ज ब्लास्टरले दिएको ११३ रनको लक्ष्य साहिब दरबारले १६।२ ओभरमा केवल ६ विकेटको क्षतिमा भेट्याउँदै उपाधि चुम्यो। उसका लागि मनोज गिरीले २८, ऋषि सहनीले २५ र सन्तोष कार्कीले अविजित २४ रन बनाए।

बलिङतर्फ वीरगन्ज ब्लास्टरका लागि अनुज चौहानले ३ तथा सराजुल अहमदले २ र महमद मेराजले १ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वीरगन्ज ब्लास्टरले निर्धारित १९.१ ओभरमा अलआउट हुँदै ११३ रन मात्र बनाएको थियो।

उसका लागि अनुज चौहानले ४७ र रुहुल हकले २९ रन बनाए। बलिङतर्फ साहिब दरबारका लागि चन्दन रामले ४ तथा वासिम मन्सुरी र परवेज हुसेनले समान २र२ विकेट लिए। पर्सा क्रिकेट संघको समन्वयमा वीरगन्ज युथ स्पोर्टस एकेडेमीले आयोजना गरेको प्रतियोगितामा ६ वटा टिमले भाग लिएका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया