असार २६, २०८२ बिहिबार July 10, 2025

चहलपहल छैन बसपार्कमा

तीन दिनदेखि मधेश, सुदूरपश्चिम र कर्णाली प्रदेश जाने बसका अग्रिम टिकट काट्न एक जना यात्रु पनि गएका छैनन्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, असोज २० गते । दसैँको टीकाको दिन आउन एक हप्ता बाँकी हुँदा पनि काठमाडौँबाट गृह जिल्ला फर्किने यात्रुको चहलपहल सार्वजनिक सवारीमा बढेको छैन । अग्रिम टिकट बुकिङमा विगतको तुलनामा ६० प्रतिशतले कम भएको छ ।

तीन दिनदेखि मधेश, सुदूरपश्चिम र कर्णाली प्रदेश जाने बसका अग्रिम टिकट काट्न एक जना यात्रु पनि गएका छैनन् । नयाँबसपार्क प्रहरी बिटका अनुसार शनिबार जम्मा एक हजार चार सय वटा अग्रिम टिकट काटिएको छ । जसमा कोशी प्रदेशमा चार सय, लुम्बिनीमा सात सय र गण्डकी प्रदेशमा ३५० टिकट बिक्री गरिएको छ । मधेश, कर्णाली र सुदूरपश्चिम जानका लागि अग्रिम टिकट बिक्री गरिएको छैन । त्यस्तै शुक्रबार पनि मधेश, सुदूरपश्चिम र कर्णालीका लागि अग्रिम टिकट बिक्री गरिएको छैन । कोशी प्रदेशका लागि तीन सय र लुम्बिनीका लागि ४५० टिकट बिक्री गरिएको थियो । बिटका वरिष्ठ प्रहरी हवल्दार लक्ष्मण विकले शुक्रबार गोंगबु नयाँबसपार्कबाट ४७६ वटा दिवा तथा रात्रि बसहरू बाहिरिएको जानकारी दिनुभयो । नयाँबसपार्कबाट हालसम्म जम्मा ४६ हजार १८० वटा अग्रिम टिकट काटिएको छ ।

लामो रुटमा अग्रिम टिकट काट्न सडक र मौसमका कारणले यात्रु नआएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ । महासङ्घका अध्यक्ष विजय स्वाँरले भन्नुभयो, “कुनै पनि गन्तव्यमा तोकिएको समयमा पुग्ने अवस्था छैन । छ घण्टा लाग्ने दुरीमा १५/१६ घण्टा लागिरहेको छ । बाटो सारै खराब छ । दसैँ भए पनि अहिले यात्रुमा उत्साह छैन ।” सार्वजनिक सवारीसाधन पनि कम चलेका छन् ।

सामान्य दिनको तुलनामा भन्दा करिब ६० प्रतिशत मात्रै सवारी सञ्चालन भएका छन् । सडक भत्किएकाले जोखिमपूर्ण यात्रा, घण्टौँको जाम र थप वर्षा हुन सक्ने सम्भावना भएकाले पनि सवारी सञ्चालन कम भएको हो ।

प्रहरी प्रभाग नागढुङ्गाका अनुसार गत २४ घण्टामा २८ हजार ४६२ यात्रु बाहिरिएका छन् । दुई हजार ७९९ सवारी बाहिरिएका छन् । ६३५ वटा बस, ५१४ वटा ट्रक, ८६३ वटा साना सवारी र ७७३ वटा मोटरसाइकल बाहिरिएको प्रहरी प्रभाग नागढुङ्गाका प्रहरी हवल्दार कृष्ण भुसालले जानकारी दिनुभयो ।

एक हजार ५९५ सवारीमा १६ हजार ४३९ यात्रु नागढुङ्गाबाट उपत्यका भित्रिएका छन् । यातायात व्यवस्था विभाग र महासङ्घले अग्रिम टिकट काटिसकेकालाई प्राथमिकता दिने र बाँकी टिकटका लागि परिस्थिति अनुसार अगाडि बढ्ने निर्णय गरेको थियो । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
२०८२ असार २६, बिहिबार
हिमताल विस्फोटबाटै रसुवामा बाढी
२०८२ असार २६, बिहिबार
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार