असार २६, २०८२ बिहिबार July 10, 2025

कर्णालीका ४ सयभन्दा बढी उद्योग खारेज

खारेज हुनेमा धेरैजसो होटल, रेस्टुरेन्ट, कृषि फर्मजस्ता साना उद्योग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कर्णालीका ४ सयभन्दा बढी उद्योग खारेज भएका छन् । कर्णालीका १० जिल्लाका ४ सय १० वटा उद्योग खारेज भएको कर्णाली प्रदेशको उद्योग तथा उपभोक्ता संरक्षण निर्देशनालयले जनाएको हो । गत आर्थिक वर्षमा ४ सय १० वटा उद्योगहरू खारेज गरिएको थियो ।

आर्थिक वर्ष ०८०/०८१ मा दर्ता र नवीकरणको तुलनामा करिब एक चौथाइ हाराहारीमा उद्योग खारेज निर्देशनालयले जनाएको छ । कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेतमा सबैभन्दा धेरै उद्योग खारेज भएका छन् । सुर्खेतका १ सय ६६, जुम्लाका ८१, कालीकोटका ३७, सल्यानका ३५, दैलेख र जाजरकोटका २८/२८, रुकुम पश्चिमका २२, हुम्लाका ७ र मुगुका ६ वटा उद्योग खारेज भएको निर्देशनालयको भनाइ छ । डोल्पामा भने उद्योग खारेज भएका छैनन् ।

खारेज हुनेमा धेरैजसो होटल, रेस्टुरेन्ट, कृषि फर्मजस्ता साना उद्योग रहेको निर्देशनालयका सूचना अधिकारी एवं प्रशासकीय अधिकृत थीरबहादुर श्रेष्ठले बताए । उद्योग खारेज नगरिएपछि अर्को उद्योग खोल्न नपाइने, धेरै जरिवानामा परिने भएकाले साना लगानीमा सञ्चालित उद्योग धमाधम खारेज गर्ने गरिएको उनको भनाइ छ । उद्योगीहरूले आर्थिक मन्दी, बजेट अभावले गर्दा उद्योग सञ्चालन गर्न नसकेको भन्दै खारेज गर्नुपरेको जवाफ दिने गरेको उनले बताए । कर्णालीमा ठूला उद्योग स्थापना तथा दर्ता भएका छैनन् । विद्युत्को समस्या, कच्चापदार्थको अभाव, महँगो जमीन र लगानीका कारण ठूला उद्योग स्थापना हुन कठिन छ ।

गत आर्थिक वर्षमा १ हजार ७ सय ९५ वटा उद्योग नयाँ दर्ता भएका छन् । २ हजार ५५ वटा उद्योग नवीकरण भएका छन् । सुर्खेतमा नयाँ ६ सय ७१ वटा र ९ सय २१ वटा नवीकरण भएका छन् । यस्तै जुम्लामा नयाँ २ सय ४ वटा र २ सय ३७ वटा नवीकरण भएका छन् । दैलेखमा १ सय ५६ नयाँ र १ सय ५६ वटा उद्योग नवीकरण भएका छन् ।

सल्यानमा नयाँ उद्योग १ सय ३२, २ सय ३६ नवीकरण, जाजरकोटमा नयाँ उद्योग १ सय ५३ र ८३ नवीकरण, रुकुम पश्चिममा नयाँ १ सय र ७४ वटा उद्योग नवीकरण भएको निर्देशनालयले जनाएको छ ।

मुगुमा नयाँ उद्योग दर्ता १ सय ११ र ५१ वटा नवीकरण, कालीकोटमा नयाँ उद्योग दर्ता १ सय २२ र १ सय ३१ वटा नवीकरण, डोल्पामा नयाँ उद्योग दर्ता ९३ र ७९ वटा नवीकरण, हुम्लामा नयाँ दर्ता ५३ र ८७ वटा उद्योग नवीकरण भएको निर्देशनालयको भनाइ छ । कर्णालीमा आर्थिक वर्ष ०७९/८० मा ३ हजार ८ सय ४० नयाँ उद्योग दर्ता भएका थिए । ३ हजार ५ सय ८३ वटा उद्योग भने नवीकरण भएका थिए । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपाद्वारा रुपन्देही-३ को उम्मेदवारका लागि आवेदन आह्वान
२०८२ असार २६, बिहिबार
टी–२० विश्वकप एसिया छनोट प्रतियोगितामा नेपाल समूह बी मा
२०८२ असार २६, बिहिबार
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार
१० इजरायली बन्धक रिहा गर्न हमास सहमत
२०८२ असार २६, बिहिबार
सूर्यविनायक नगर अस्पताल ५० शय्यामा विस्तार, ट्रमा सेन्टरका रुपमा विस्तार गर्ने योजना
२०८२ असार २६, बिहिबार