काठमाण्डौंः आईसीसी महिला विश्वकप टि-२० क्रिकेटमा साउथ अफ्रिकाले दोस्रो जित दर्ता गरेको छ । दुबईमा बुधबार भएको खेलमा स्कटल्यान्डलाई ८० रनले पराजित गर्दै साउथ अफ्रिकाले अघिल्लो चरण प्रवेशको सम्भावना कायमै राखेको हो ।
लगातार तेस्रो हार बेहोरेको स्कटल्यान्ड भने समूह चरणबाटै बाहिरिएको छ । तीन खेलबाट ४ अंक भएको साउथ अफ्रिका समूह बीको शीर्ष स्थानमा उक्लिएको छ।
१६७ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड १७.५ ओभरमा ८६ रनमा अलआउट भयो । स्कटिस टिमका लागि काथेरिन फ्रासेरले सर्वाधिक १४ र एलिसा लिस्टरले १२ रन बनाइन् । अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको साउथ अफ्रिकाले निर्धारित ओभरमा ५ विकेट गुमाएर १६६ रन बनाएको थियो । उसका लागि ताज्मिन ब्रिट्स र मारिजान कापले समान ४३ रन बनाएका थिए । क्याप्टेन लाउरा वोल्भार्टले ४० रनको योगदान गरेकी थिइन् । बुधबार नै राति भारत र श्रीलंकाबीच पनि प्रतिस्पर्धा हुनेछ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया