श्रावण १, २०८२ बिहिबार July 17, 2025

लघु, घरेलु तथा साना उद्योगको विकासमा जोड दिँदै कृषि तथा घरेलु उद्यम मेला सम्पन्न

र्थतन्त्रको खम्बाका रूपमा रहेका लघु, घरेलु तथा साना उद्योगहरूको प्रवद्र्धन गर्नुपर्नेमा जोड

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । अर्थतन्त्रका तीन खम्बा लघु, घरेलु तथा साना उद्योगको प्रवर्धन, आयातलाई निर्यातले प्रतिस्थापन गरी सबल अर्थतन्त्र निर्माणमा जुट्नुपर्नेमा जोड दिँदै यहाँ सञ्चालित दश दिने कृषि तथा घरेलु उद्यम मेला सम्पन्न भएको छ ।

देशको अर्थतन्त्रलाई आत्मनिर्भर अर्थतन्त्रमा रूपान्तरण गर्नका लागि घरेलु तथा साना उद्योगहरूको महत्त्वपूर्ण भूमिका हुने भएकाले साना तथा घरेलु उद्योगहरूको प्रवद्र्धन र विकासलाई राज्यले प्राथमिकतामा राख्नुपर्नेमा सम्बद्ध उद्यमीहरूले जोड दिएका छन् ।

“नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान” नाराका साथ घरेलु तथा साना उद्योग सङ्घ काठमाडौँ र काठमाडौँ महानगरपालिकाले आयोजना गरेको मेलाको समापन गर्दै सङ्घकी अध्यक्ष पद्मकुमारी कार्कीले अर्थतन्त्रको खम्बाका रूपमा रहेका लघु, घरेलु तथा साना उद्योगहरूको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिँदै स्थानीयस्तरमा रहेका साना उद्यमीहरूको मनोबल बढाउनुपर्छ भन्नुभयो।

उहाँले घरेलु तथा साना उद्यमीद्वारा उत्पादन गरिएका वस्तुहरूलाई प्रवद्र्धनका साथै बजारीकरण गरी बेरोजगारीलाई केही हदसम्म घटाउन सकिने विचार व्यक्त गर्नुभयो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले लघु, घरेलु तथा साना उद्योग नै अर्थतन्त्रको आधार भएको यस्ता उद्योगहरूको प्रवद्र्धनका लागि महानगरपालिकाले प्राथमिकताका साथ काम गरिरहेको बताउनुभयो ।

काठमाडौँ महानगरपालिकाले १५ वटा वडामा ‘एक वडा, एक नमूना उद्यम कार्यक्रम’ सुरु गरेको जानकारी दिँदै बाँकी १७ वटा वडामा पनि चाँडै उक्त कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।

टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बिसीले लघु, घरेलु तथा साना उद्योगहरूको विकासमा राज्यले नीतिगत रूपमा व्यवस्था गरे पनि त्यो व्यावहारिक रूपमा कार्यान्वयन हुन नसकेको बताउनुभयो ।

काठमाडौँ महानगरपालिका सामाजिक विकास विभाग प्रमुख समीक्षा निरौलाले लघु, घरेलु तथा साना उद्योगहरूको प्रवद्र्धन र बजारीकरणमा सघाउन मेला आयोजना गरिएको बताउनुभयो ।

काठमाडौँ महानगरपालिकाका ३२ वटै वडामा उद्यमशीलता तालिम लिएर उद्यम प्रारम्भ गर्ने सोच बनाएकाहरूलाई समेत लक्ष्य गरी सञ्चालन गरिएको मेलामा गुणस्तरीय उत्पादन, बजारीकरण गर्ने, ‘ब्राण्डिङ’बारे उद्यमीहरूले अनुभव आदानप्रदान गरेका थिए ।

मेलामा लघु घरेलु तथा साना उद्योगका उत्पादन, प्राकृतिक रेशाजन्य उत्पादन, स्वदेशी जुत्ता, अचार, छोप, फेल्ट, ढाका र अल्लो, जुम्ला र मुस्ताङका जैविक उत्पादन, कस्मेटिक, हस्तकलाका सामग्री, चोयाको सामान, तयारी पोशाक, गहना, ढाकाका कपडा, ओखलमा कुटेका च्युरा, मखमलका जुत्ता, काष्ठकलाका सामग्री, प्लाष्टिक पुनः प्रयोग गरेर बनाइएका वस्तु, बाँसको जराबाट बनाइएका कलात्मक वस्तुलगायत ७० वटा कक्षमा उत्पादन प्रदर्शन गरिएका थिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
महिला फुटबलर साम्बाले अष्ट्रेलियाको ए लिग खेल्ने
२०८२ श्रावण १, बिहिबार
साफ महिला यू-२० च्याम्पियनसिपमा श्रीलंकाविरुद्धको खेलमा नेपाल विजयी
२०८२ श्रावण १, बिहिबार
‘बेहडाबाबालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न आवश्यक’
२०८२ श्रावण १, बिहिबार
उद्योग पूर्वाधार तयार नगरी औद्योगिकीकरण सम्भव छैन : मन्त्री भण्डारी
२०८२ श्रावण १, बिहिबार
श्रमिकको न्यूनतम पारिश्रमिक रु. १९ हजार ५५० हुने
२०८२ श्रावण १, बिहिबार
प्रेमराजा महतको ‘अहिलेको तीजैमा’ सार्वजनिक, सुनिता दुलालको साथमा नयाँ तीज धमाका (भिडियो)
२०८२ श्रावण १, बिहिबार
अफगान शरणार्थीहरू पाकिस्तानमा गिरफ्तारीको डरले अस्पताल छाड्दै
२०८२ श्रावण १, बिहिबार