मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

आइसिसी महिला ट्वान्टी-२० विश्वकप : श्रीलंकाविरुद्ध भारतको सहज जित

पहिलो विकेटका लागि स्मृति र शफालीले ९८ रनको सझेदारी गरे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । भारतले आइसिसी महिला ट्वान्टी-२० विश्वकपमा बुधबार श्रीलंकाविरुद्ध ८२ रनको सानदार जित दर्ता गरेको छ ।

जितसँगै तीन खेलमा चार अंक जोडेको भारत समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । पराजित श्रीलंका दुबइ अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भारतले प्रस्तुत गरेको १७३ रनको लक्ष्य पछ्याएको श्रीलंका १९.५ ओभरमा ९० रनमै समेटियो ।

श्रीलंकाका लागि काविसा दिलहरी २१, अनुष्का सञ्जिवनीले २० र एमा कञ्चनाले १९ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

भारतका लागि अरुन्धती रेड्डी र आशा सोभनाले समान तीन, रेनुका सिंहले दुई तथा श्रीयन्का पाटिल र दिप्ति शर्माले समान एक विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १७२ रनको योगफल तयार पारेको थियो ।

भारतका लागि कप्तान हरमनप्रित कौरले २७ बलमा आठ चौका र एक छक्काको मद्दतले अविजित ५२ रन बनाइन् । यसैगरी स्मृति मन्धनाले ३८ बलमा चार चौका र एक छक्काको मद्दतले ५०,शफाली वर्माले ४३ र जेमिमा रोड्रिग्वेजले १६ रन बनाए ।

पहिलो विकेटका लागि स्मृति र शफालीले ९८ रनको सझेदारी गरे । श्रीलंकाका लागि कप्तान चमारी अथापथ्थु र एमा कञ्चनाले समान एक विकेट लिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
भारत भ्रमण स्वीकृत गर्दै मन्त्रिपरिषद् बैठकले गर्यो सात महत्त्वपूर्ण निर्णय
२०८३ मंग्सिर ४, शुक्रबार
जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ
२०८३ मंग्सिर ४, शुक्रबार
नेपाल-नर्वे जलवायु सहकार्य सुदृढ बनाउनबारे छलफल
२०८३ मंग्सिर ४, शुक्रबार
इरानमाथि सैन्य कारबाही अपरिहार्य भएको नेतान्याहुको दाबी
२०८३ मंग्सिर ४, शुक्रबार
राप्रपा महाधिवेशनमा अध्यक्षका लागि ज्ञानेन्द्र शाही पनि मैदानमा
२०८३ मंग्सिर ४, शुक्रबार
हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ
२०८३ मंग्सिर ४, शुक्रबार
चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
२०८३ मंग्सिर ४, शुक्रबार