श्रावण १४, २०८२ बुधबार July 30, 2025

फिफा विश्वकप एसिया छनोट खेलमा जापानको विजयी यात्रा कायमै

जितसँगै तीन खेलमा ९ अंक जोडेको जापान समूह ‘सी’ को शीर्षस्थानमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । जापानले फिफा विश्वकप एसिया छनोटमा आफ्नो विजयी यात्रालाई तेस्रो खेलसम्म पनि कायम राखेको छ ।

जापानले बिहीबार घरेलु टोली साउदी अरेबियाविरुद्ध २-० को जित निकाल्यो ।

जितसँगै तीन खेलमा ९ अंक जोडेको जापान समूह ‘सी’ को शीर्षस्थानमा छ । पहिलो हार ब्यहोरेको साउदी अरेबिया समान खेलबाट चार अंकका साथ तेस्रो स्थानमा छ ।

किंग अब्दुल्लाह स्पोर्टस सिटी रंगशालामा जापानलाई जित दिलाउन डाइची कामाडा र कोकी ओग्वाले गोल गरे ।

खेलको १४औं मिनेटमा कामाडाको गोलमार्फत जापानले अग्रता लिएको थियो । ८१औं मिनेटमा ओग्वाले गोल गर्दै जापानलाई सहज जित दिलाए ।

छनोटअन्तर्गतकै अन्य खेलमा अस्ट्रेलियाले चीन तथा कतारले किर्गिस्तानलाई समान ३-१, दक्षिण कोरियाले जोर्डनलाई २-०, ओमानले कुवेतलाई ४-० र इराकले प्यालेस्टाइनलाई १-० ले पराजित गरे ।

यसैगरी बहराइन र इन्डोनेसिया २-२, संयुक्त अरब ईमिरेट्स (युएई) र उत्तर कोरिया १-१ तथा उज्वेकिस्तान र इरान गोलरहित बराबरीमा रोकिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
वनमन्त्री शाही नर्वेमा उच्चस्तरीय कार्यक्रममा व्यस्त
२०८२ श्रावण १५, बिहिबार
मितव्ययी बन्दै प्रधानमन्त्री कार्यालय, घट्यो खर्च
२०८२ श्रावण १४, बुधबार
नेपाल ओलम्पिक कमिटीको तदर्थ कमिटी छिट्टै : मन्त्री चौधरी
२०८२ श्रावण १४, बुधबार
संसद् र सांसदहरू अन्तर्राष्ट्रिय सहकार्यलाई सुदृढ पार्ने साधन पनि हो : सभामुख
२०८२ श्रावण १४, बुधबार
एन्फा यु–१६ युथ लिग : एपिएफ र श्री भगवतीको बराबरी
२०८२ श्रावण १४, बुधबार
एथलेटिक्स सङ्घमा राजीव विक्रम शाह पुन: निर्वाचित
२०८२ श्रावण १४, बुधबार
विश्वकप टेबलटेनिसको दक्षिण एसियाली छनोट च्याम्पियनसिप छनोट सुरु
२०८२ श्रावण १४, बुधबार