असार २३, २०८२ सोमबार July 7, 2025

विपद्को घडीमा त्यति उल्लासमय ढंगले दशैँ बनाउन सकिएको छैन : प्रधानमन्त्री ओली

यस बर्ष परिवारका सदस्यहरूसँग बाहेक यसपटक सर्वसाधारणलाई दसैँको टीका नलगाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपद्ले दिएको पीडाबाट मुक्त हुन केन्द्रित हुनुपर्ने भएकाले पहिलेका वर्षहरूमा जस्तो यसपाली विजया दशमीको टीका उल्लासपूर्ण नभएको बताउनुभएको छ ।

बडादशैंको अवसरमा आज सामाजिक सञ्जालमार्फत शुभकामना दिनुहुँदै प्रधानमन्त्री ओलीले दसैँको ठिक मुखमा आएको भीषण बाढी र पहिरोका कारण हाम्रा दुई सयभन्दा बढी दिदीबहिनी, दाजुभाइ, निर्दोष बालबालिका, अशक्त, ज्येष्ठ नागरिकले जीवन गुमाउनुपरेको, धेरै जनधनको क्षति भएको भौतिक पूर्वाधार, पुलहरू, बाटाहरू ध्वस्त भएको, खानेपानी ध्वस्त भएको धेरैलाई घरबार विहीन बनाएको, परिवारका सदस्यहरु बाढी पहिरोले चुडेर लगेको भन्नुहुँदै यस विपद्को घडीमा त्यति उल्लासमय ढंगले दशैँ बनाउन नसकिरहेको बताउनुभयो ।

उहाँले दशैँ जति मनाउने गर्थ्यौ, मनाउन चाहिरहेका थियौँ त्यस्तो अवस्था नभएको भन्नुहुँदै हाम्रा दिदीबहिनी दाजुभाइ पनि रमाउन नसकिरहेको अवस्थामा आफू पनि दशैँ मनाउन नसकिरहेको बताउनुभयाे ।

उहाँले यस बर्ष परिवारका सदस्यहरूसँग बाहेक यसपटक दसैँको टीका लगाउने कार्यक्रम नराखिएको बताउनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया