असार २९, २०८२ आइतबार July 13, 2025

सुदूरपश्चिममा कात्तिक १ गते भलिबल प्रतियोगिता हुँदै

“चौथो उद्योग वाणिज्य कप २०८१” लागि सम्पूर्ण तयारी पुरा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बझाङ, असोज २९ गते। सदरमुकाम चैनपुरमा लाग्ने जिल्लाको सबै भन्दा ठुलो ऐतिहासिक तथा पर्यटकीय सुर्मा देवी मेला (सिलदेवी) को अवसरमा भलिबल प्रतियोगिता हुने भएको छ।

बझाङ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको “चौथो उद्योग वाणिज्य कप २०८१” लागि सम्पूर्ण तयारी पुरा भएको आयोजकले पत्रकार सम्मेलन गरेर जानकारी गराएका छन्।

प्रतियोगिता कात्तिक १ गते सुरु हुनेछ। पुरुष भलिबल प्रतियोगिताको प्रथम पुरस्कार दुई लाख दुई हजार ८१ रुपियाँ, द्वितीयतर्फ एक लाख दुई हजार ८१ रुपियाँ, तृतीय पुरस्कार ५२ हजार ८१ रुपियाँ र सान्त्वना पुरस्कार १२ हजार ८१ रुपियाँ राखिएको थियो।

त्यसैगरी महिला भलिबलतर्फ प्रथम पुरस्कार एक लाख दुई हजार ८१ रुपैयाँ, द्वितीयतर्फ ५२ हजार ८१ रुपियाँ, तृतीय पुरस्कार २२ हजार ८१ रुपियाँ र सान्त्वना पुरस्कार पाँच हजार रुपियाँ रहेको बझाङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष दानबहादुर सुर्मेलीले बताउनुभयो।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया