असार २६, २०८२ बिहिबार July 10, 2025

बुटवल-नारायणगढ सडक, यात्रा अझै सास्ती

२०८२ साउन ६ गतेसम्म आयोजना सम्पन्न गर्नुपर्ने सडक असारदेखि काम रोकिएपछी....

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

भैरहवा, कात्तिक १ गते । लामो समयसम्म निर्माण सम्पन्न नहुँदा बुटवल–नारायणगढ सडक भएर यात्रा गर्ने दसैँका यात्रुले सास्ती भोगेका छन् । यसपालिको दसैँमा यात्रा झन् कष्टकर भएको हो । रुपन्देही देवदह खैरेनीकी रीता थापामगरले काठमाडौँबाट बुटवल आउन १३ घण्टा लागेको बताउनुभयोे । उहाँले भन्नुभयो, “सडकमा खाल्टाखुल्टीका कारण यात्रा निकै कष्टकर रह्यो ।”  लु. १ ख ७३८३ नम्बरको बसका चालक रमेश थापामगरले छ वर्षपहिले बुटवलबाट बर्दघाट पुग्न ४५ मिनेट लाग्ने गरेकोमा अहिले दुई घण्टा लाग्ने गरेको बताउनुभयो ।

पछिल्लो छ वर्षदेखि बुटवल–नारायणगढ सडक विस्तारको काम चलेकाले सवारी तथा ढुवानीका साधनलाई यहाँ असहज भइरहेको छ । यहाँ खाल्टाखुल्टीका समस्या त छँदै छन्, त्यसमाथि पानी पर्दा हिलाम्मे र सुक्खामा धुलोको हैरानी खेप्नु पर्छ । २०७५ सालमा बुटवल–नारायणगढ सडक विस्तार आयोजनाको शिलान्यास भएको थियो ।

चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले बुटवलदेखि नारायणगढसम्मको ११३ किलोमिटर सडक २०७९ साउनमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । सम्झौताका क्रममा ठेकदार कम्पनीले तेस्रो पटक म्याद थप गरिसकेको छ । पछिल्लो म्याद अनुसार २०८२ साउन ६ गतेसम्म आयोजना सम्पन्न गर्नुपर्ने छ । असारदेखि काम रोकिएको छ ।

वर्षाको समय र रकम अभाव देखाउँदै निर्माण कम्पनीले काम रोकेको बुटवल–नारायणगढ चार लेन सडक आयोजनाको पश्चिम खण्ड कार्यालयका सूचना अधिकारी इन्जिनियर शरद श्रेष्ठले बताउनुभयो । यस आयोजनाको अहिलेसम्म जम्मा ५२.५ प्रतिशत मात्र काम भएको छ । कम्पनीले बुटवलको शिलान्यास गरेको ठाउँदेखि देवदह, सुनवल, दाउन्ने, चोरमारालगायत विभिन्न ठाउँमा भत्काउने काम गरेको थियो । यस खण्डको सडक छेउछाउमा निर्माण सामग्री राखिएकाले समेत यात्रा कठिन हुने गरेको छ । पहिले यो सडकखण्ड वरपरका होटेल व्यवसाय राम्रै फस्टाएका थिए । सडक विस्तार कार्य सुरु भएसँगै यहाँका होटल प्रभावित भएका छन् ।

बर्दघाटस्थित वर्षा होटलकी सञ्चालक रूपा न्यौपानेले पछिल्लो समय होटेल नचल्दा भाडा समयमा दिन अप्ठेरो परेको बताउनुभयो । बर्सौंदेखि चलेको होटेल अहिले सडकका कारणले चल्न छाडेको उहाँको भनाइ छ ।

पश्चिम नेपाल बस व्यवसायी प्रालिका दुई हजार चार सय बसमध्ये दैनिक दुई सय बसले निर्माणाधीन बुटवल–नारायणगढ सडकखण्ड प्रयोग गर्छन् । प्रालिका कार्यकारी निर्देशक रामचन्द्र भुसालका अनुसार यस सडकखण्डमा यात्राको समय लम्बिँदा बसमा धेरै इन्धन खर्च हुने गरेको छ । यस्तै सडकको खराबीका कारण टुटफुट हुने र टायर पन्चर हुने घटना बढेका छन् । बुटवलदेखि एक पटक काठमाडौँ, पोखरा, बागलुङ पुगेर फर्कंदा बस मर्मत गर्नुपर्ने हुन्छ । प्रत्येक पटक एउटा बसको मर्मत गर्न १० हजार रुपियाँ लाग्ने उहाँको भनाइ छ । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
अनुशासनहीन कार्यकर्तामाथि काँग्रेसको डण्डा, पूर्वमन्त्रीदेखि जिल्ला सभापतिसम्म निष्कासित
२०८२ असार २६, बिहिबार
त्रिविको वार्षिक साधारणसभा : ६३औँ ग्रेस लिष्ट पारित
२०८२ असार २६, बिहिबार
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार
१० इजरायली बन्धक रिहा गर्न हमास सहमत
२०८२ असार २६, बिहिबार
सूर्यविनायक नगर अस्पताल ५० शय्यामा विस्तार, ट्रमा सेन्टरका रुपमा विस्तार गर्ने योजना
२०८२ असार २६, बिहिबार
खानीखोला हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज मात्रै
२०८२ असार २६, बिहिबार
माओवादीको पदाधिकारी बैठक पेरिसडाँडामा बस्दै
२०८२ असार २६, बिहिबार