असार २६, २०८२ बिहिबार July 10, 2025

गौशाला धर्मशालामा ‘प्रशासनकै असहयोग’

नेपाल प्रहरीको टोलीले महानगर प्रहरीलाई धर्मशालाभित्र प्रवेश गर्ने क्रममा मूल गेटमै रोके

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, कात्तिक १ गते  । पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको पशुपति गौशाला धर्मशाला खाली गराउन गएको काठमाडौँ महानगरपालिकाको प्रहरी टोली फिर्ता भएको छ ।

पशुपति क्षेत्र विकास कोषको नौ रोपनी नौ आना दुई पैसा जग्गा कब्जा गरेर मारवाडी सेवा समितिले निर्माण गरेका अवैध संरचना हटाउन र पशुपति गौशाला धर्मशाला खाली गराउन पुगेको नगर प्रहरी ‘प्रहरी प्रशासन’ कै असहयोगले बुधबार पनि फिर्ता भएको हो ।

नेपाल प्रहरीको टोलीले महानगर प्रहरीलाई धर्मशालाभित्र प्रवेश गर्ने क्रममा मूल गेटमै रोकेको थियो । पशुपति क्षेत्र विकास कोष र काठमाडौँ महानगरपालिकाबिच असोज २२ गते पशुपति गौशाला धर्मशाला सञ्चालन र व्यवस्थापन गर्ने सन्दर्भमा सातबुँदे सहमति भएपछि महानगरले धर्मशाला खाली गराउने तयारी थालेको हो ।

काठमाडौँ महानगरपालिका वडा नं. ८ का अध्यक्ष आशामान सङ्गतले पशुपति गौशाला धर्मशाला खाली गराउन दुई वटा डोजरसहित पुगेको महानगर प्रहरीलाई नेपाल प्रहरी र प्रशासनिक निकायबाट असहयोग भएको बताउनुभयो ।

उहाँले महानगर प्रहरी धर्मशालाभित्र प्रवेश गर्ने क्रममा प्रहरीले मूल गेट बन्द गरेर रोकेको बताउनुभयो । उहाँका अनुसार प्रहरीको अवरोधपछि काठमाडौँ महानगरपालिकाको बोर्ड राखेर नगर प्रहरी फर्किएको छ । उहाँले भन्नुभयो, “कोषसँग भएको सहमति अनुसार महानगर प्रहरी धर्मशाला खाली गराउन गएको हो । अवरोध भए पनि भगवान् पशुपतिनाथको सम्पत्ति रक्षा गर्न हामी दृढ छौँ । धर्मशाला चाँडै खाली गराएर गैरनाफामूलक ढङ्गले सञ्चालन र व्यवस्थापन गर्छौं ।”

श्रीपशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) र मारवाडी सेवा समितिबिच २०६० मा भएको सम्झौता अनुसार वार्षिक ५१ हजार रुपियाँ ‘सहयोग’ बुझाउने समितिले होटल, लज, रेस्टुरेन्ट, डायलासिस सेन्टर र जर्सी गाई पालेर दुध ब्यापार गर्दै आएको छ । साथै समितिले धर्मशालाका १९ वटा सटर भाडामा लगाएर प्रतिसटर मासिक ३५ हजार रुपियाँभन्दा बढी असुल्ने गरेको छ ।

‘शान्ति सुरक्षा कायम गरिएको हो’

महानगरले प्रहरी प्रशासनको असहयोग भयो भनिरहँदा काठमाडौँका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले ‘शान्ति सुरक्षा’ का लागि मात्रै प्रहरीले महानगर प्रहरीलाई रोकेको दाबी गर्नुभयो ।

उहाँले पशुपतिनाथको सम्पत्ति रक्षा गर्नु राज्यको दायित्व भए पनि जिल्ला प्रशासन कार्यालयको काम शान्ति सुरक्षा मात्रै भएको बताउनुभयो । उहाँले कोष, महानगर र समितिलाई संवादमार्फत समाधान खोज्न आग्रह गरिएको बताउनुभयो ।

यसै गरी समितिका निवर्तमान अध्यक्ष कैलाशचन्द्र गोयलले २१ वर्षदेखि कब्जा गरेको काठमाडौँको गौशालास्थित कित्ता नं. ८३ को ४–१५–२–० र सोही स्थानको कि.नं. ८५ को ४–१०–०–० क्षेत्रफलको नौ रोपनी नौ आना जग्गाका सन्दर्भमा अदालतको फैसलाको पूर्ण पाठ आउने र त्यसपछि पुनरावेदनमा जाने बताउनुभयो । उहाँले न्यायिक निरूपण नभएसम्म धर्मशाला खाली नगर्ने अडान दोहो-याउनुभयो । गोरखापत्र

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यून सुक–योलविरुद्ध पक्राउ पुर्जी जारी
२०८२ असार २६, बिहिबार
१० इजरायली बन्धक रिहा गर्न हमास सहमत
२०८२ असार २६, बिहिबार
सूर्यविनायक नगर अस्पताल ५० शय्यामा विस्तार, ट्रमा सेन्टरका रुपमा विस्तार गर्ने योजना
२०८२ असार २६, बिहिबार
खानीखोला हाइड्रोपावरको हकप्रद सुरक्षित गर्ने आज मात्रै
२०८२ असार २६, बिहिबार
माओवादीको पदाधिकारी बैठक पेरिसडाँडामा बस्दै
२०८२ असार २६, बिहिबार
निफ्राको ‘हरित ऊर्जा ऋणपत्र’ आजदेखि कारोबारमा
२०८२ असार २६, बिहिबार
पूर्वमन्त्री कुमार खड्काकांग्रेसको साधारण सदस्यबाटै निष्कासित
२०८२ असार २६, बिहिबार